default_image

7 years ago

December 15, 2018

पोखराद्धारा चितवनसामु १ सय ३० रनको विजयी लक्ष्य

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को १३ औं खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सक्यो ।

पल कोग्लिन, पोखरा राइनोज

यस अघिका खेलमा उत्कृष्ट प्रर्दशन गरेका दक्षिण अफ्रिकी ओपनर रिचार्ड लेभीको स्थानमा विनोद भण्डारी ब्याटिङ गर्न आएका थिए । भण्डारी र कप्तान काइल कोट्जरले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए । सागर ढकालको हातबाट क्याच गराउदै जर्ज स्कटले कोट्जरलाई २३ रनमा पेभिलिएन फर्काएका थिए ।
कोट्जरले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि भण्डारी र सुनिल धमलाले ४४ रनको साझेदारी गर्दै ठूलो स्कोरको आसा देखाए थिए । तर ललितसिंह भण्डारीले १२ औं ओभरको पाँचौ बलमा विनोद र छैटौं बलमा काउल कोग्लिनलाई डक आउट गर्दै पेभिलिएन फर्काएपछि पोखरा ठूलो स्कोर बनाउनबाट चुकेको थियो ।
विकेटकीपर जोन सिम्पसनको हातबाट क्याच आउट हुनु अघि भण्डारीले ३६ बलमा ३ चौका प्रहार गर्दै २७ रन बनाए । सोच बुझकासाथ ब्याटिङ गरेका सुनिल धमलाले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाउदै पोखरालाई सम्मानजनक स्थितिमा पुर्याए । धमलालाई अन्तिम ओभरको दोस्रो बलमा जर्ज स्कटले भिम सार्कीको हातबाट क्याच आउट गराएका थिए ।
पोखराका अन्य राजेश पुलामी मगर १२ ,सन्नी भिससरीयाले ४ र अन्तिम घरेलु लिग खेलेका शक्ति गौचनले १ रन बनाए । चितवनका लागि जर्ज स्कर्ट ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । ललितसिंह भण्डारीले ४ पनि ओभरमा २९ रन खर्चेर २ विकेट लिन बाहेक अनय कुनै पनि बलरले विकेट लिन सकेनन् ।
आजको खेलमा चितवन विजयी भए प्ले अफको आसा जिवीतै राख्ने छ । विराटनगरले आफ्नो अन्तिम खेलमा काठमाडौंलाई पराजित गरे चितवनको प्ले अफको ढोका बन्द हुने छ । यता शक्ति गौचनले अन्तिम घरेलु खेल खेलि रहेका छन् । समुह चरणबाट बाहिरी सकेको पोखराको लागि आज शक्तिको अन्तिम खेल भएको कारण पनि जितको विशेष महत्व राख्ने छ । त्यसैले पनि पोखरा आजको खेलमा जित निकाल्न चाहान्छ ।
Chat conversation end

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.