7 years ago
December 15, 2018
काठमाडौं – पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै चितवन टाइगर्सले तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) मा प्ले अफको संभावना कायमै राखेको छ । यो हारसँगै पोखरा राइनोज लगातार पाँच खेलमा पराजित हुदैं घर फर्किएको छ ।
काठमाडौं किंग्स इलाभनेसँग वराटनगर वारीयर्स फराकिलो अन्तरले पराजित भए नेट रन रेटको आधारमा चितवन प्ले अफमा पुग्न सक्छ । यस अघिनै भैरहवा,ललितपुर र काठमाडौं प्ले अफमा पुगि सकेका छन् । अव विराटनगर चितवन मध्य एक टोली प्ले अफमा पुग्दा एक समुह चरणबाटै घर फर्किने छ ।
१ सय ३० रनको लक्ष्य पाएको चितवनले १९ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३४ रन बनाउदै पुरा गर्यो । चितवनको जितमा आयरल्यान्डका ओपनर समेत रहेको पाउल स्टरलिङ र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । स्टरलिङ र दिपेन्द्रले तेस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै सहज जित दिलाए ।
१९ औं ओभरको पाँचौ बलमा चौका र छैटौं बलमा नन्दन यादवलाई छक्का हान्दै दिपेन्द्रले खेल सकाएका थिए । ऐरीले ४६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५४ रनमा नट आउट रहे । जर्ज स्कट पनि ३ रनमा अविजीत रहे । तेस्रो विकेटका रुपमा आउट भएका स्टरलिङले ४६ बलमा ५५ रन बनाउन ५ चौका र २ छक्का प्रहार गरे ।
स्टरलिङलाई १७ औं ओभरको पहिलो खेलमा सुसन भारीले पाउल कोग्लिनको हातबाट क्याच आउट गराए । चितवनका अन्य सन्दीप सुनार १० र जोन सिम्पसनले ९ रन बनाए । यी दुबैलाई नन्दन यादवले बोल्ड आउट गरेका थिए । पोखराका लागि नन्दन यादवले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिएपनि टोलीको हार टार्न सकेन । त्यस्तै शुसन भारीले १ विकेट लिए ।
अन्तिम घरेलु लिग खेलेका शक्ति गौचनले ४ ओभरमा २५ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । शिक्तलाई गार्ड अर्फ अर्नरको सम्मान सहित क्रिकेट मैदान परिक्रमा गरिएको छ । त्यस अघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो ।
ओपनर बिनोद भण्डारी र कप्तान काइल कोट्जरले पहिलो विकेटका लागि २९ रनको साझेदारी गर्दै पोखरालाई मध्यम सुरुवात दिलाएका थिए । सागर ढकालको हातबाट क्याच गराउदै जर्ज स्कटले कोट्जरलाई २३ रनमा पेभिलिएन फर्काए । कोट्जरले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि भण्डारी र सुनिल धमलाले ४४ रनको साझेदारी गर्दै ठूलो स्कोरको आसा देखाए थिए ।
तर ललितसिंह भण्डारीले १२ औं ओभरको पाँचौ बलमा विनोद र छैटौं बलमा काउल कोग्लिनलाई डक आउट गर्दै पेभिलिएन फर्काएपछि पोखरा ठूलो स्कोर बनाउनबाट चुकेको हो । विकेटकीपर जोन सिम्पसनको हातबाट क्याच आउट हुनु अघि भण्डारीले ३६ बलमा ३ चौका प्रहार गर्दै २७ रन बनाए ।
सोच बुझकासाथ ब्याटिङ गरेका सुनिल धमलाले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे । धमलालाई अन्तिम ओभरको दोस्रो बलमा जर्ज स्कटले भिम सार्कीको हातबाट क्याच आउट गराएका थिए । पोखराका अन्य राजेश पुलामी मगर १२ ,सन्नी भिससरीयाले ४ र अन्तिम घरेलु लिग खेलेका शक्ति गौचनले १ रन बनाए ।
चितवनका लागि जर्ज स्कर्ट ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । ललितसिंह भण्डारीले ४ पनि ओभरमा २९ रन खर्चेर २ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]