7 years ago
December 15, 2018
काठमाडौं – नेपाली क्रिकेट टिमका स्पिनर शक्ति गौचनलाई गार्ड अफ अर्नरको सम्मान दिएको छ । १९ वर्षको क्रिकेट यात्रा शक्तिले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइसर्गबीरुद्द पोखराबाट खेल्दै आफ्नो खेलाडीको करियरको रुपमा शनिबार अन्तिम खेल खेलेका छन् ।
शनिबार चितवन र पोखराको खेल सकिएपछि शक्तिलाई टियू क्रिकेट मैदानमा खेलाडीहरुले शक्तिलाई गार्ड अफ अर्नरको सम्मान दिदै मैदान परिक्रमा गराएका थिए ।मैदानमा शक्ति, शक्तिदाई भन्दै फ्यानले पुरै टियू क्रिकेट मैदान गुन्जाउदा शक्ति निकै भावुक देखिए । शक्तिको आँखा रसाई रहे ।
अन्तिम घरेलु लिग खेलेका शक्ति गौचनले ४ ओभरमा २५ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । गार्ड अफ अर्नरको सम्मानपछि शक्तिले अन्तर्राष्टिय घरेलु मैदानमा खेल खेल्दै सन्न्यास लिने सोच बनाएपनि नेपाली क्रिकेट संघ आइसीसीको निलम्बनमा रहेको अवस्थामा यो संभव नरहेको बताए ।
आफु अव क्रिकेट विकासमै लाग्ने र साथै १०/१५ वर्ष भित्र नेपाललाई टेस्ट नेशन राष्ट बनाउने सपना रहेको बताए । सन् १९९९ देखी अन्तर्राष्टिय क्रिकेटमा खेल्न लागेका शक्तिले गर्त अगस्टमा नेदरल्यान्डसँग पहिलो वान डे खेल देखी अन्तर्राष्टिय भ्रमण अन्तिम रहको बताएका थिए । नेपाललाई टी-२० विश्वप देखी वान डे मान्यता दिलाउन सम्म शक्तिको प्रर्दशन निकै महत्वपूर्ण रहेको छ । टी-२० विश्वकप र लड्समा खेल्नु आफ्नो जीवनको सबैभन्दा बढि अविस्मरणिय रहेको बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]