default_image

7 years ago

December 15, 2018

पुरा हुन नसकेको शक्तिको त्यो सपना………….

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान पूर्व स्पिनर खेलाडी शक्ति गौचनले घरेलु क्रिकेटबाट पनि विश्राम लिएका छन् । उनले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखराबाट चितवनविरुद्ध शनिबार अन्तिम खेल खेले ।

टोलीका खेलाडीले शक्तिलाई गार्ड अफ अर्नरको सम्मान दिदै मैदान परिक्रमा गराए । मैदानमा शक्ति, शक्तिदाई भन्दै फ्यानले पुरै टियू क्रिकेट मैदान गुन्जाउदा उनि निकै भावुक देखिए । शक्तिको आँखा रसाई रहे ।

सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपदेखि शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका थिए । अर्को वर्ष सिंगापुरमा एसीसी ट्रफीबाट उनले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका शक्तिल टी-२० विश्वकप,डिभिजन ५,४ र ३ को उपाधि जिताउदै वान डे मान्यता पाउँदा नेपाली टोलीको मुख्य हिस्सा बने ।

अगस्ट १ मा नेदरल्यान्ड्समा भएको पहिलो वान–डे अन्तर्राष्ट्रिय खेलबाट शक्तिले विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका थिए । उनले नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै घरेलु दर्शक सामु पूर्ण रूपमा संन्यास लिने चाहाना राखेका थिए । तर शक्तिको त्यो सपना पुरा हुन सकेन ।

नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनको रहेको अवस्थामा शक्तिले आफ्नो सपना पुरा हुने नदेखेपछि इपिएललाई नै आफ्नो अन्तिम खेल बनाए । गार्ड अर्फ अर्नर साथै मैदान परिकर्मापछि शक्तिले केहि समय पत्रकार सम्मेलनमा बोले ।

निकै भावुक देखिएका शक्ति सदा जस्तो हास्न खोजि रहेका थिए ,तर मलिन अनुहारले उनलाई हास्ने अनुमति दिएन । उनका आँखा रसाई रहे । शक्तिको मूखमा नेपाली क्रिकेट भन्दा अन्य कुनै शब्दै थिएन ।

निकै भावुक हुदै भने ‘यो क्षण मेरा लागि एक अविस्मरणिय हुने छ । हुन त मेरो घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेलेर अन्त्य गर्न चाहान्थे तर सफल भएन । अझ आफुले नेपाललाई च्याम्यिनसिप लिग जिताउदै सन्न्यास सपना राखेको थिए, पुरा हुन सकेन । म इन्डियाबाट खेलेर नेपाल आएको हु । यू-१७ मा बंगलादेशसँग खेल्दा जब नेपालको राष्ट्रिय गान बज्यो त्यहि समय देखी मेरो अन्तरआत्माले पनि नेपाल र नेपाली क्रिकेटलाई केहि गर्नु पर्छ भन्यो । म नेपाली क्रिकेटमा लागे ‘

शक्तिले नेपाली क्रिकेट टोली र ग्राउन्डलाई मिस गरि रहने बताए । अब शक्तिले नेपाललाई १० र १५ वर्ष भित्र नेपालले टेस्ट नेशनको मान्यता पाउन सक्ने र त्यहि अनुसार आफुअघि बढ्ने बताए । उनले थपे, ‘हुन त अहिले टेस्ट नेशनको कुरा गर्दा धेरैले पत्याउदैनन्,हामी विश्वकप खेल्छौ भन्दा पनि कसैले पत्याएका थिएनन् तर हामीले खेलेर देखायौ । अव मेरो मिशन नेपाललाई टेस्ट राष्ट्र बनाउने हो । सबैको साथ पाए १०र १५ वर्षभित्र पाइन्छ होला ।’

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.