default_image

7 years ago

December 16, 2018

ललितपुर र भैरहवाबीच शीर्षस्थानको होड

119 views

0 Bookmark

काठमाडौं – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज एक खेल मात्र हुने छ ।

भैरहवा ग्ल्याडीयटर्स

समूह चरणको १४ औं खेलमा ज्ञानेन्द्र मल्लले सम्हालेको ललितपुर प्याट्रीयट्सले शरद भेषावकरले कप्तानी गरि गरेको भैरहवा ग्ल्याडीयटर्ससँग खेल्ने छ । खेल दिउँसो १ बजेबाट टीयू क्रिकेट मैदानमा सुरु हुने छ । यी दुई टोलीलाई उपाधिको प्रमुख दाबेदारको रुपमा पनि हेरिएको छ ।

भैरहवा र ललितपुर दुवै टोली समान चार खेलमा समान तीन जित र एक हारका साथ प्ले अफमा पुगि सकेका छन् । अंक तालिकामा शिर्ष स्थानमा रहने सपना सहित दुबै टोली मैदान प्रवेश गर्ने छन् । समान ६ अंक भएपनि नेट रनरेटका आधारमा ललितपुर शीर्ष, भैरहवा दोस्रो र काठमाडौं तेस्रो स्थानमा छन् । ललितपुर र भैरहवाको समुह चरणको आजको खेल अन्तिम हो भने काठमाडौंले एक खेल खेल्न बाँकी छ ।

भैरहवाले पहिलो खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले हराएको थियो । तेस्रो खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको भैरहवा चौथो खेलमा भने काठमाडौंसँग ७ विकेकटले पराजित हुन पुग्यो । नेदरल्यान्ड्सका रायन टेन डेस्काटे, यूएईका तीब्र गतिका बलर मोेहमम्द नविद, भारतीय ब्याट्सम्यान रवि इन्दर सिंह भैरहवाका प्रमुख हरियार र जारी ईपीएलमा उत्कृष्ट प्रर्दशन गरि रहेका खेलाडी हुन् ।

पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो । तेस्रो खेलमा पोखरा राइनोजलाई ८ र चौथो खेलमा काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्ले अफमा आफ्नो स्थान पक्का गरेको थियो । गौरव तोमर,जयकिशन कोल्सावाला र सन्नी पटेल ललितपुरका प्रमुख खेलाडी हुन् ।

शीर्ष स्थानमा रहँदा के हुन्छ ?

ललितपुर र भैरहवा आजको खेलमा जित निकाल्दै शिर्ष स्थानमा रहेर प्ले अफमा पुग्न चाहान्छन् । समुह चरणको दुई खेल हुन बाँकी रहँदा एक टोलीको प्ले अफको टुङ्गो लाग्न बाँकी छ । काठमाडौं, ललितपुर र भैरहवा प्ले अफमा पुग्दा र चितवन र विराटनगर मध्य एक पुग्ने छन् । सोमबार हुने काठमाडौं र विराटनगरको खेल पछि टुङ्गो लाग्ने छ ।

शिर्ष स्थानमा रहेका दुई टोलीले पहिलो क्वालिफायर १८ डिसेम्बरमा खेल्ने छन् । विजेता सोझै फाइनलमा प्रवेश गर्दा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीचको विजेतासँग पुन २० डिसेम्बरमा क्वालिफायर खेल खेल्न पाउछ । विजेता टोलीले पहिलो क्वालिफायरको विजेतासँग उपाधिको लागि २२ डिसेम्बरमा खेल्ने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.