default_image

7 years ago

December 16, 2018

भैरहवामाथि ललितपुरको शानदार जित

103 views

0 Bookmark

काठमाडौं – भैरहवा ग्ल्याडीयटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को शिर्ष स्थानमा कायमै रहेको छ ।

भैरहवाले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पछ्याएको ललितपुरले १४.२ ओभरमा ४ विकेटको क्षतिमा ९६ रन बनाउर्दै सहजै पुरा गर्दै पहिलो क्वालिफायरमा आफ्नो स्थान पक्का गरेको छ । ललितपुरले पहिलो क्वालिफायरमा कोसँग खेल्ने भन्ने सोमबार हुने काठमाडौं किंग्स इलाभेन र विराटनगर वारीयर्सको नतिजाले निर्धारण गर्ने छ ।

ललितपुरको जितमा जय किशन कोल्सावालाले २७ बलमा १ चौका प्रहार गर्दै २२ रनमा नट आउट रहे । चौका हान्दै खेल जिताएका सन्दीप जोराले १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रनमा नट आउट रहे । त्यस्तै पवन सर्राफले ३६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाउदा गौरव तोमर ९, ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए । भैरहवाका लागि रायन टेन डेस्काटेले २, शरद भेषवाकर र मोहम्मद नविदले समान एक विकेट लिए पनि जितको लागि प्रयाप्त रहेन ।

त्यस अघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । भैरहवाका लागि रविइन्दर सिंह र रायन टेन डेस्काटे बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । दोस्रो ओभरको चौथो बलमा सन्नी पटेलले ओपनर मोहम्मद नविदलाई विकेटकीपर जय किशनकोल्सावालाको हातबाट क्याच गराउदैं २ रनमा पेभिलिएन फर्काए । चौथो ओभरको तेस्रो बलमा प्रदीप एरीलाई सन्नी पटेलले २ रनमा बोल्ड आउट गर्दिए ।

त्यस्तै सातौ ओभरको दोस्रो बलमा योगेन्द्रसिंह कार्कीले भारतीय ब्याट्सम्यान रविइन्दर सिंहलाई २५ रनमा बोल्ड आउट गरेपछि भैरहवा संकटमा परेको थियो । सिंहले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै आठौं ओभरको पहिलो बलमा सन्नी पटेलले कप्तान शरद भेषवाकरलाई १ रनमा एलपी डब्लु आउट गरेपछि भैरहवाको ठूलो स्कोरको आसा टाढिएको थियो ।

छैटौं विकेटका लागि रायन टेन डेस्काटे र रोहित कुमार पौडेलले ३४ रनको साझेदारी गर्दै भैरहवालाई सम्मानजनक स्थितीमा पुयाउने खोजेको थिए । तर १५.३ ओभमा योगेन्द्रले सन्दीप जोराको हातबाट डेस्काटेलाई ३७ रनमा आउट गरेपछि भैरहवा सस्तैमा समेटीएको हो । डेस्काटेले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । भैरहवाको विकेट पतन निरन्तर जारी रह्यो । ललितपुरका बलर हाबी रहि रहे । आरिफ शेख४, रोहित कुमार पौडेल ७, कृष्ण कार्की ४, कुशल मल्ल ३ भुवन कार्की र अभिनाश बोहरा डक आउट हुन पुगे ।

ललितपुरको जितमा भारतीय स्पिनर सन्नी पटेलले घातक बलिङ गरे । सन्नीले ४ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट लिएपछि भैरहवा सस्तैमा खुम्चिएको हो । त्यस्तै योगेन्द्रसिंह कार्की र राशिद खानले समान २ विकेट लिदा ललित नारायण राजवंशीलेको नाममा पनि एक विकेट रह्यो ।

ललितपुर आजको जितसँगै ५ खेलमा ४ मा जित र १ मा हारका साथ शिर्ष स्थानमा यथावत रहेको छ । भैरहवा ५ खेलमा ३ मा जित र २ मा हारका साथ दोस्रो स्थानमा छ । त्यस्तै काठमाडौं ४ खेलमा १ मा हार र ३ मा जितका साथ तेस्रो स्थानमा रहेको छ । विराटनगर चार खेलमा समान २ मा जित र हारका साथ चौथो स्थानमा रहेको छ । पाँचौ स्थानमा रहेको चितवनले ५ खेलमा ३ मा हार र २ मा जित निकालेको छ । यी दुई मध्य एक टोलीले प्ले अफमा पुग्ने छन् । पोखरा राइनोज ५ खेलमा जित विहीन हुदैं पुछारमा रहेर बाहिरी सकेको छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.