7 years ago
December 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)-आसन्न आइसीसी महिला एसिया छनोट–२०१९ का लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आउदो बुधबारदेखि हुने भएको छ । नेपाल क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाली महिला टिमले बुधबारदेखि प्रशिक्षण थाल्ने उल्लेख गरेको छ ।
यही प्रशिक्षण पछि नेपाली महिला क्रिकेट टिमले थाइल्यान्डमा अर्काे महिना आयोजना हुने थाइल्यान्ड महिला टी–२० स्मास २०१९ मा सहभागिता जनाउनेछ । थाइल्यान्ड क्रिकेट एसोसिएसनको आयोजनामा हुने प्रतियोगिता जनवरी १२ देखि १८ तारिखसम्म हुनेछ । यस प्रतियोगितामा नेपालसहित भुटान, हङकङ इन्डोनेसिया, मलेसिया, तान्जिनिया, थाइल्यान्ड, एसएल नाभी, कुवेत र नामिवियाको सहभागिता रहेको छ ।
थाइल्यान्ड महिला टी–२० स्मासमा नेपालले १२ जनवरीमा तान्जिनियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि १४ जनवरीमा नामिवियासँग खेल्नेछ । १५ जनवरीमा इन्डोनेसिया र १६ जनवरीमा कुवेतसँग खेल्नेछ । यो प्रतियोगितालाई आइसीसी महिला एसिया छनोट–२०१९ को छनोट प्रतियोगताको रुपमा हेरिएको छ ।
आइसीसी महिला एसिया छनोट थाइल्यान्डमै फेब्रुअरी १८ बाट २७ तारिखसम्म हुनेछ । छनोटमा चीन, हङकङ, कुवेत, मलेसिया, थाइल्यान्ड, युएईं र नेपालको सहभागिा रहेको छ । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा हुनेछ ।
छनोटको विजेताले २०१९ मा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकपको छनोट र २०२० मा आयोजना हुने आइसीसी महिला क्रिकेट विश्वकपमा सहभागिताको अवसर पाउनेछ । नेपाली महिला खेलाडीहरुले प्रतियोगिता नजिकिसक्दा पनि प्रशिक्षणको वातावरण नबनेको भन्दै गुनासो पोखिरहेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]