7 years ago
December 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को समहु चरणको अन्तिम खेलमा आज विराटनगर वारीयर्स र काठमाडौं किंग्स इलाभेन खेल्दैछन् । खेल एक बजेबाट टियू क्रिकेट मैदानमा सुरु हुने छ ।

विराटनगर वारीयर्स
कप्तान पारस खड्का रहेको साविक विजेता टोली विराटनगरलाई प्ले अफमा स्थान बनाउन आजको खेलमा जित नै सहज विकल्प देखिन्छ । आजको नतिजाले ईपीएलमा चितवन टाइगर्सको पनि भविष्य निर्धारण गर्ने छ । विराटनगरले जित निकाल्न सके प्ले अफमा सोझै स्थान बनाउनेछ । सामान्य अन्तरले पराजित भएपनि नेट रनरेटमा चितवनलाई पछि पार्दै विराटनगर प्ले अफमा पुग्न सक्छ । तर फराकिलो अन्तरले पराजित हुन पुगे विराटनगरको यात्रा समुह चरणमै पूर्णविराम लाग्दा नेट रन रेटका आधारमा चितवन प्ले अफमा पुग्ने देखिन्छ ।
काठमाडौंले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा भने ललितपुरसँग १० विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा पोखरालाई ५ र चौथो खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेटले पराजित गर्दै एक खेल अगाडीनै प्ले अफमा काठमाडौंले स्थान बनायो । विराटनगरमाथि फराकिलो जित निकाल्न सके काठमाडौं दोस्रो स्थानमा रहेर ललितपुरसँग क्वालिफायर खेल्न पाउने छ । यूएईका कप्तान रोहन मुस्तफा,आयरल्यान्डका अलराउण्डर केभिन ओ ब्राइन, भारतीय प्रदीप साहु, आनन्द र अमित श्रेष्ठ काठमाडौंका मुख्य खेलाडी हुन् । सोमपाल कामी घाईते भएको कारण संभवत आजको खेल पनि खेल्ने छैनन् ।
पहिलो खेलमा ललितपुरलाई ३ विकेटले पराजित गरेको विराटनगरले दोस्रो खेलमा पोखरा राइनोजमाथि सुपर ओभरमा जित निकाल्यो । तर तेस्रो खेलमा भैरहवासँग ४ विकेट र चितवनसँग ५ रनको झिनो अन्तरले पराजित हुन पुग्दा अघिल्लो चरणको यात्रा निकै कठिन बनेको हो । कप्तान पारस खड्का स्वयंले पनि यसपटक ब्याटिङ चल्न नसकेको स्वीकारेका छन् । बाबर हायात,रोलोफ भान डर मर्व, पाउल भान मिकरेन, पारस खड्का, करण के.सी र वसन्त रेग्मी विराटनगरका प्रमुख हतियार हुन् ।

काठमाडौं किंग्स एलेभेन
प्ले अफको समिकरण पनि काठमाडौं र विराटनगरको नजिताको पर्खाइमा छ । ललितपुर, काठमाडौं र भैरहवा प्ले अफमा पुगि सक्दा विराटनगर र चितवन मध्य एक टोलीको टुङ्गो लाग्न बाँकी छ । पोखरा जित विहीन हुदैं समुह चरणबाटै बाहिरी सकेको छ ।
यस्तो छ अंक तालिका
ललितपुर ५ खेलमा ४ मा जित र १ मा हारका साथ शिर्ष स्थानमा छ । भैरहवा ५ खेलमा ३ मा जित र २ मा हारका साथ दोस्रो स्थानमा रहँदा काठमाडौं ४ खेलमा १ मा हार र ३ मा जितका साथ तेस्रो स्थानमा रहेको छ ।
चौथो स्थानमा रहेको विराटनगर ४ खेलमा समान २ मा जित र हार भोग्नु परेको छ । पाँचौ स्थानमा रहेको चितवनले ५ खेलमा ३ मा हार र २ मा जित निकाल्दा जित विहीन पोखरा राइनोज ५ खेलमा खाता सम्म खोल्न नसकेर पुछारमा छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]