default_image

6 years ago

December 17, 2018

मैत्रीपुर्ण खेलका लागि सन्जम र हसिम कतार प्रस्थान

138 views

0 Bookmark

काठमाडाैं (हाम्राे खेलकुद) – स्पिन भेट्रान बलर सन्जम रेग्मी र यु-१९ का हसिम अन्सारी साेमबार कतार प्रस्थान गरेका छन् ।

कतार क्रिकेट संघले आफ्नो राष्ट्रिय दिवसको अवसरमा मङ्गलबार अायाेजना गर्न लागेको कतारको राष्ट्रिय टोली र अन्य बिभिन्न देशका खेलाडी सम्मिलित टोलीबिचको मैत्रीपूर्ण क्रिकेट खेलका कतार क्क्रिकेट सघंकाे अनुराेधमा सन्जम र हसिम त्यसतर्फ प्रस्थान गरेकाे हाे।

नेपाली राष्ट्रिय टोली र अन्य खेलाडीहरु समेत हाल जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ब्यस्त रहेकाले हामीले ईपीएल टोलीमा सहभागी नरहेका सञ्जम र हसिमलाई उक्त मैत्रीपूर्ण खेल खेल्न पठाउने निर्णय गरेका निर्वाचित क्यानले जानकारी गराएकाे छ । खेलाडीहरुलाई क्यान निर्बाचित समितीका उपाध्यक्ष दीवाकर घलेले बिदाई गरे ।

दुवै खेलाडीले एक खेल खेलेको आठ/आठ सय डलर (अन्दाजी ९० हजार भन्दा बढि) म्याच फी पाउनेछन ।

December 12, 2024

जनकपुर अन्तिम खेल अघि नै प्लेअफमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ । बिहीवारको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। जनकपुरका लागि हर्ष ठाकरले नट […]

December 12, 2024

जनकपुरविरुद्ध काठमाडौंको खराब ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गर्दा झिनो योगफलमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल तयार गर्यो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ […]

December 12, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्स ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेइङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव […]

Success

Thank you for your time.