7 years ago
December 17, 2018
काठमाडौं – टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को समूह चरणको अन्तिम खेलमा विराटनगर वारीयर्सले काठमाडौं किंग्स इलाभेनलाई १ सय १ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले १७.५ ओभरमा १ सय रन बनाउदै सबै विकेट गुमायो । खराव सूरुवात गरेको विराटनगरले त्यो भन्दा अझबढी खराव अन्त्य गर्यो । सुरुवाती १० ओभरमा ६३ रन बनाउन ४ विकेट गुमाएको विराटनगरले पछिल्लो ७.५ ओभरमा मात्र ३७ रन बनाउन ६ विकेट गुमायो ।
तेस्रो ओभरको पहिलो बलमै केभिन ओ,ब्राइनले ओपनर अनिल कुमार शाहलाई ६ रनमा बोल्ड आउट गरे । छैटौं ओभरको पाँचौ बलमा बाबर हायातलाई जितेन्द्र मुखियाले प्रदीप साहुको हातबाट क्याच गराउर्दै ११ रनमा पेभिलिएन फर्काए । कप्तान पारस खड्काले आज पनि रामँ्रो पर्दशन गर्न सकेनन् । पारसलाई सातौं ओभरको दोस्रो बलमा प्रदीप साुहले सिद्धान्त लोहनीको बाट क्याच गराउदैँ २१ रनमा आउट गरेपछि विराटनगर ४४ रन बनाउन विराटनगरले प्रमुख ४ विकेट गुमाउदै कमजोर अवस्थामा पुग्यो । पारसले १६ बलमा २ चौका र १ छक्का पहार गरे ।
लगतै आठौं ओभरको तेस्रो बलमा आसिफ शेखलाई कप्तान रोहन मुस्तफाले ४ रनमा बोल्ड आउट गरेपछि विराटनगर जित्नै पर्ने खेलमा सामान्य लक्ष्यमा समेटिन पुगेको हो । विराटनगरको निरन्तर विकेट पतन जारी रह्यो । पाँचौ विकेटका रुपमा रोलोफ भान डर मर्व पनि ४ रनमा आउट भए । मर्वलाई प्रदीप साहुले ११ औं ओभरको चौथो बलमा बोल्ड आउट गर्दै पेभिलिएनको बाटो देखाए । छैटौं विकेटका लागि हरि चौरान र सुमित महर्जनले २५ रनको साझेदारी गर्दै केहि आसा दृेखाएका थिए ।
तर १६ औं ओभरको दोस्रो बलमा सुमित महर्जनलाई मुस्तफाले विकेटकीपर राजु रिजालको हातबाट क्याच गराउर्दै पाट्नरशिपमा बे्रक गदिएपछि विराटनगरको ठूलो स्कोरको आसा सकिएको थियो । महर्जनले २३ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २५ रन बनाए । विराटनगरको विकट पतन निरन्तर जारी रह्यो । काठमाडौंका बलर सामु विराटनगरका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिकेर रन बनाउन सकेनन् । निरन्तर विकेट गुमाएको विराटनगरका लागि हरि चौरानले २३ बलमा ३ चौका प्रहार गर्दै २२, पुष्प थापा र करण केसीले समान १ रन बनाए । पाउल भान मिकरेन र रविन क्षेत्रीले खात सम्म खोल्न सकेनन् ।
विराटनगरलाई सस्तैमा रोक्न काठमाडौंका केभिन ओ ब्राइनले घातक बलिङ गरे । उनले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै प्रदीप साहुले पनि कसिलो बलिङ गरे । साहुले ४ ओभरमा मात्र १० रन खर्चेर २ विकेट आफ्नो नाम लेखाए । रोहन मुस्तफा र बिक्रम भुषालले समान दुई विकेट लिदा जितेन्द्र मुखियाले पनि १ विकेट आफ्नो नाममा लेखाए ।
प्ले अफमा स्थान बनाउन विराटनगरलाई आजको जित्नै पर्ने दवावमा छ । काठमाडौं विजयी भए ललितपुरसँग क्वालिफायर खेल खेल्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]