default_image

7 years ago

December 17, 2018

ईपीएलको विजेताले २५ लाख पाउने

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग इपीएल टी–२० क्रिकेट प्रतियोगिताको २५ लाख पाउने भएको छ ।

आयोजकले आज एक प्रेस विज्ञप्ति जारी गरेर विजेताले २५ र उप विजेताले १० लाख पाउने जानकारी गराएको छ । आयोजकले समुह चरणको खेल सकिएपछि मात्र पुरस्कार राशी घोषणा गरेको हो । त्यस्तै खेलमा “म्यान अफ द सिरीज” हुने खेलाडीले अपाचे आरटीआर १ सय ६० फोर भि मोटरसाइकल पाउने छ ।

उत्कृष्ट बलर, ब्याट्सम्यान, उदयमान खेलाडीले पाउने पुरस्कार राशीबारे भने विज्ञप्तिमा खुलाएको छैन । ईपीएलको समुह चरणको खेल सकिदा चितवन टाइगर्स, भैरहवा ग्ल्याडीयटर्स, काठमाडौं किंग्स ईलेभेन र ललितपुर प्याट्रीयट्स प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेका छन् । त्यस्तै साविक विजेता विराटनगर वारीयर्स र पोखरा राइनोज भने समुह चरणबाटै बाहिरिए ।

शीर्षस्थानमा रहेको ललितपुरले दोस्रो स्थानमा रहेको काठमाडौंसँग मंगलबार क्वालिफायर खेल खेल्ने छ । विजेता टोली सोझैं फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले पनि फाइनलको लागि पुन मौका पाउने छ । बुधबार तेस्रो र चौथो स्थामा रहेका भैरहवा र चितवनबीच एलिनिमेटर खेल हुने छ । एलिनेमेटरको विजेता टोलीसँग क्वालिफायरमा पराजित हुने टोलीले फाइलन प्रवेशको लागि विहीबार खेल्ने छ । फाइनल खेल आगमी शनिबार हुने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.