default_image

7 years ago

December 18, 2018

सोझै फाइनलमा पुग्ने दाउमा ललितपुर र काठमाडौं

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० को पहिलो क्वालिफायर खेलमा आज ललितपुर प्याट्रीयट्स र काठमाडौं किग्स इलाभेनबीच प्रतिस्पर्ध हुँदैछ ।

दिउँसो एक बजेबाट टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने रोहन मुस्तफाको नेतृत्वमा काठमाडौं मैदान उत्रनेछ । समुह चरणको खेलमा ललितपुरले काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा मुस्तफा र सोमपालको अनुपस्थितिमा काठमाडौंको कप्तानी केभीन ओ ब्राएनले सम्हालेका थिए ।

त्यसैले आजको खेलमा काठमाडौं समुह चरणको हारको बदला लिन चाहन्छ भने बलियो मनोबलमा रहेको ललितपुर समुह चरणको नतिजा पुन आत्मासात गर्न चाहन्छ । आजको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोली भैरहवा र चितवनबीचको एलिनेमिटर खेलमा विजेतासँग पुन अर्को क्वालिफायर खेल खेल्ने छ ।

गौरव तोमर

समूह चरणमा कसको प्रर्दशन कस्तो ?

पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको ललितपुर त्यसयता लगातार चार खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो । दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दा ललितपुरले तेस्रो खेलमा पोखरा राइनोजलाई ८विकेट र चौथो खेलमा काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो ।

त्यस्तै पाँचौ खेलमा भैरहवालाई ६ विकेटले पराजित गरेपछि शीर्षस्थानमा रहेर क्वालिफायर खेलेको हो । ललितपुरका तीनै विदेशी खेलाडी गौरव तोमर, जयकिशन कोल्सावाला र सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तान ज्ञानेन्द मल्ल, राशिद खान र ललितनारायण राजवंशी पनि ललितपुरका महत्त्वपूर्ण खेलाडी हुन् ।

केभीन ओ ब्राएन

काठमाडौंले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा भने ललितपुरसँग १० विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा पोखरालाई ५ र चौथो खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेटले पराजित गर्दै एक खेल अगाडीनै प्ले अफमा काठमाडौंले स्थान बनायो ।

त्यस्तै पाँचौ खेलमा विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं दोस्रो स्थानमा रहेर क्वालिफायरमा ललितपुरसँगको भेट पक्का गरेको हो । यूएईका कप्तान रोहन मुस्तफा, आयरल्यान्डका अलराउण्डर केभिन ओ ब्राइन, भारतीय प्रदीप साहु, आनन्द सुब्रमनियम र अमित श्रेष्ठ काठमाडौंका मुख्य खेलाडी हुन् । सोमपाल कामी घाईते भएको कारण संभवत आजको खेल पनि खेल्ने छैनन् । पहिलो खेलमा उनको गोलिगाँठामा चोट लागेको थियो ।

ईपीएलको विजेताले २५ लाख पाउने

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.