7 years ago
December 18, 2018
नयाँदिल्ली(एजेन्सी) – विश्वको सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को अक्सन आज जयपुरमा हुँदैछ ।

अक्सन नेपाली समय अनुसार दिउँसो २ : ४५ बाट सुरु हुने छ । यस पटक अक्सनमा ३ सय ४६ खेलाडी रहेका छन् । जस्मा २२६ भारतीय खेलाडी छन् । दुई करोड न्युनतम मुल्य राख्ने यस पटक ९ खेलाडी मात्र रहेका छन् । ब्रैन्डन मैक्लम, क्रिस वोक्स, लसिथ मलिङ्गा, शन मार्श, कोलिन इन्ग्राम, कोरी एन्डरसन, एन्जेलो मैथ्यूज र डार्सी शॉर्टले आफ्नो मुल्य न्युनतमा २ करोड राखेका छन् ।
अक्सनबाट ७० जना विदेशी खेलाडी ८ टिमले किन्ने छन् । यस पटक नेपालका कुनैपनि खेलाडीले आफ्नो नाम दर्ता गराएका छैनन् । लेग स्पिनर सन्दीप लामिछानेलाई यस अघिनै दिल्ली क्यापिटल्सले अनुबन्ध (रिटेन) गरि सकेको छ ।
यसपटक वेस्ट इन्डिजका शिम्रण हेटमाएर, ओसेन थोमस तथा भारतीय अलराउन्डर शिवम दुबेले लगायतका खेलाडी महँगो रकममा बिक्ने अनुमान गरिएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]