default_image

7 years ago

December 18, 2018

तीन युवा खेलाडीले सेहवागको एकेडेमीमा प्रशिक्षण गर्ने

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुशील कोइराला मेमोरियल फाउन्डेसनले तीन युवा क्रिकेटरलाई प्रशिक्षणका लागि छात्रवृत्तिमा भारत पठाउने भएको छ । यी खेलाडीले नयाँ दिल्ली स्थित दिग्गज खेलाडी वीरेन्द्र सेहवागद्वारा स्थापित सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्नेछन ।

नेपालका लागि उमेर समूहमा खेलिसकेका ऋत गौतम र तृतराज दाससंगै भुपेन्द्र कुमार उप्रेतीले प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउने छन् । ऋत र तृत यसअघि यू-१६ उमेर समूहमा खेलिसकेका छन् भने भुपेन्द्र भर्खरै क्रिकेट सुरु गरेका हुन् । उनलाई नयाँ खेलाडीका रुपमा प्रशिक्षण क्याम्पमा सहभागी गराइएको हो । तीनै खेलाडी बिहिबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

एक महिने प्रशिक्षण क्याम्पमा एकेडेमीले पनि छात्रवृति प्रदान गरेको छ । छात्रवृत्ति बाहेकको सम्पूर्ण खर्च सुशील कोइराला मेमोरियल फाउन्डेसनले व्यहोर्ने छ । फाउन्डेसनले यस कार्यक्रमलाई वार्षिक रुपमा निरन्तरता दिने पनि बताएको छ  । छात्रवृत्तिको नाम ‘एस.के.एम.एफ क्रिकेट स्कलरसीप’ रहने जानकारी दिइयो ।

यू-१९ टोलीका प्रशिक्षक विनोद दासले यी दुई खेलाडी उमेर समूहमा राम्रो प्रदर्शन गरेका हुनाले निकै आशा राखिएको बताए । ‘ दुवै खेलाडीले उमेर समूहमा राम्रो प्रदर्शन गरेका छन् । अब हामीले केहि महिनामा यू-१९ विश्वकप छनोट पनि खेल्दैछौं । यस प्रशिक्षणले खेलाडीको विकासमा सहयोग पुग्नेछ,’ उनले भने ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले खेलाडीहरुले भारतमा गर्ने तालिम तथा अनुभवले यी तीन किशोरको खेल तथा जीवनमा सकारात्मक असर पुर्याउने कुरामा विश्वस्त रहेको बताए । सहभागीमध्येका ऋत गौतमले पनि यस प्रशिक्षणले आफ्नो खेल विकासमा सहयोग पुग्ने बताए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.