7 years ago
December 18, 2018
एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो टेस्टमा पाहुना टोली भारतले फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार भारत १ सय ४० रनमा अल आउट हुदैँ १ सय ४६ रनको फराकिलो हारको स्वाद चाखेको छ ।

अष्ट्रेलियाको यो जितसँगै चार टेस्टको श्रृंखला १– १ को बराबरी भएको छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी भएको थियो । बल टेमपरिङ काण्डका कारण पुर्व कप्तान स्टिभ स्मिथ र उप कप्तान डेविड वार्नरको प्रतिबन्धको चार दशक यताकै खराव प्रर्दशन गरेको अष्ट्रेलियालाई यो जितले ठूलो राहत दिने छ ।
२ सय ८७ रनको विजयी लक्ष्य पक्ष्याएको भारते पाँचौ दिन मंगलबार १ सय १२ रन बनाउन ५ विकेट अवस्थाबाट खेल्न सुरु गरेको थियो । तर भारतले पाँचौ दिन थप २८ रन बनाउन ५ विकेट गुमाउदा फराकिलो अन्तरले पराजित हुन पुगेको हो ।
पाँचौ दिन हनुमा बिहारी २८ र ऋषव पन्त ३० रनमा आउट भएपछि भारतको फराकिलो हार निश्चित बनेको थियो । त्यस्तै पुछारका उमेश यादवले २ रन जोड्दा, मोहम्मद सामी,जसप्रित बुमराह र ईशान्त शर्माले खाता खोल्न समेत सकेनन् । अष्ट्रेलियाका लागि लायन नाथन र मिचेल स्टार्कले समान तीन विकेट लिदा जोश हेजलवुडले र प्याट कमिन्सको नाममा पनि समान दुई विकेट रह्यो ।

त्यस अघि भारतका ओपनर केएल राहुललाई मिचेल स्टार्कले बोल्ड गर्दै डक आउट पेभिलिएन फर्काए । त्यस्तै मुरली विजयलाई नाथन लायानले २० रनमा बोल्ड गर्दिए । कप्तान विराट कोहलीलाई लायनलेनै उस्मान खवजाको हातबाट १७ रनमा क्याच आउट गराएपछि भारत चौथो दिनै हारबाट बच्न सघंर्ष गरि रहेको थियो । दिनको अन्तिम तिर अजिंक्या रहाणे पनि ३० रनमा आउट भएपछि भारत थप दवामा पर्यो ।
त्यसअघि सोमबार विहान १ सय ३२ रन बनाउन ४ विकेट गुमाएको अवस्थाबाट खेल्न सुरु गरेको अष्ट्रेलियाले थप १ सय ११ रन बनाउन ६ विकेट गुमायो । अर्थात २ सय ४३ रनमा अल आउट भयो । पाँचौ विकेटका लागि लच्न अघि कप्तान टिम पेन र उस्मान खवाजाले ६० रनको साझेदारी गर्दै भारतीय बलरलाई दबाबका राखे । लन्चपछिको ७९ औं ओभरको पाँचौ बलमा पेन र छैटौ बलमा मोहम्मद सामीले आरोन फिन्चलाई आउट गरेपछि भारत खेलमा फर्किएको थियो ।
अष्ट्रेलियाका लागि उस्मान खवजाले २ सय १३ बलमा ५ चौका प्रहार गर्दै ७२ रनमा आउट भए । आरोन फिन्च २५, पेन ३७, मिचेल स्टार्क १४ र जोश हेजलवुडले १७ रनमा नट आउट रहे । आइतबार मार्कस हृयारिस २०, ट्रविस हेड १९, पिटर हृयान्डस्कोम्ब १३ र शन मार्श ५ रनमा आउट भएका थिए । भारतका लागि मोहम्मद सामीले आफ्नो टेस्ट करियरकै वेस्ट प्रर्दशन गरे । शामीले २४ ओभरमा ८ मेडन सहित ५६ रन खर्चेर ६ विकेट लिए । त्यस्तै जसप्रित बुमराहले ३ र ईशान्त शर्मा १ विकेट चट्काए ।
कप्तान विराट कोहलीको शतकमा पहिलो इनिङ्समा भारतले २ सय ८३ रन बनाउन सकेको थियो । कोहलीले २ सय ५७ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १ सय २३ रनमा आउट भए । अजिंक्या रहाणेले ५१, चेतेश्वर पुजारा २४,हनुमा बिहारी २० र विकेटकीपर ऋषव पन्नले ३६ रन जोडे । अष्ट्रेलियाका लाथि नाथल लायनले ५,मिचेल स्टार्क र जोश हेजलवुडले समान दुई विकेट लिए । त्यस्तै प्याट कमिन्सको नाममा १ विकेट रह्यो ।पर्थमा टस जितेर शुक्रबार पहिला ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय २६ रनमा समेटियो ।
अष्ट्रेलियालाई ओपनर आरोन फिन्च र मार्कस हृयारिसले १ सय १२ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । फिन्चले १ सय ५ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए । हृयारिसले १ सय ४१ बलमा १० चौका प्रहार गर्दै ७० रनमा आउट भए । शन मार्शले ४५, ट्रविस हेड ५८, टिम पेन ३८ र प्याट कमिन्सले १९ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका लागि ईशान्त शमाले ४, जसप्रित बुमराह, उमेश यादव र हनुमा विहारीले समान दुई विकेट लिए ।
भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट आगमी २६ डिसेम्बर देखी मेलबर्नमा सुरु हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]