default_image

6 years ago

December 18, 2018

स्पिनर चम्केपछि काठमाडौं १ सय ८ रनमा समेटियो

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रीयट्सका स्पिन बलरहरुले घातक बलिङ गरेपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० को पहिलो क्वालिफायर खेलमा काठमाडौं किग्स इलाभेनले ललितपुर प्याट्रीयट्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो । मध्यम सुरुवात गरेको काठमाडौंले चौथो ओभरको चौथो बलमा पवन सर्राफले सन्दीप जोराको हाटबाट क्याच गराउदैं ओपनर अमित श्रेष्ठलाई ९ रनमा आउट गर्दै ललितपुरलाई पहिलो सफलता दिलाए । दोस्रो विकेटका लागि सागर पुन र कप्तान रोहन मुस्तफाले ३८ रनको साझेदारी गर्दै काठमाडौंलाई ठूलो स्कोर तर्फ बढाउन खोजेका थिए ।

तर सातौं ओभरको चौथो बलमा रोहन मुस्तफालाई कुशल भुर्तेलले उत्कृष्ट रन आउट गर्दै पाट्नरशिप तोडे र ललितपुरलाई खेलमा फर्काए । मुस्तफाले २० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रनमा आउट भए । लगत्तै ७.४ ओभरमा ललित नारायण राजवंशीले केभिन ओ ब्राएनलाई विकेटकिपर जय किशन कोल्सावालाको हातबाट एक रनमा आउट गरेपछि काठमाडौं दवावमा परेको थियो । १० औं ओभरको पहिलो बलमा नरेश बुढाएरलाई १ र त्यसै ओभरको अन्तिम बलमा राजु रिजाललाइ पवन सर्राफले डक आउट गरेपछि काठमाडौं ठूलो स्कोर बनाउनबाट चुकेको हो ।

छैटौं विकेटका लागि सिद्धान्त लोहनी र सागर पुनले २४ रनको साझेदारी गर्दै सम्मानजनक स्थितीसम्म पुर्याउने आसा देखाएका थिए । तर सन्नी पटेलले सिद्धान्तलाई १६ ओभरको तेस्रो बलमा बोल्ड आउट गरेपछि काठमाडौं पूर्ण रुपमा धरासय बनेको हो । लोहनीले २४ बलमा २ चौका सहित १६ रन बनाए ।

काठमाडौंको विकेट पतन निरन्तर जारी रह्यो । सागर पुनले ३० बलमा समान एक चौका र छक्का सहित २९, प्रदीप साहु ९, बिक्रम शुषाल २,जितेन्द्र मुखिया डक र सांसद शेख ३ रनमा नट आउट रहे । काठमाडौंलाई सस्तैमा रोक्न पवन सर्राफले कसिलो बलिङ गरे । पवनले ४ ओभरमा १ मेडन सहित १३ रन खचेर ३ विकेट लिए । योगेन्द्रसिंह कार्कीले पनि २.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्नी पटेल २ र ललित नारायण राजवंशी को नाममा पनि एक विकेट रह्यो । प्रतियोगितामा पहिलो खेल खेलिरहेका युवा स्पिनर सूर्य तामाङले पनि ४ ओभरमा १७ रनमात्र खर्चे ।

आजको विजेता टोली फाइनल प्रवेश गर्ने छ । पराजित हुने टोली बुधबार हुने चितवन टाइगर्स र भैरहवा ग्ल्याडीयटर्सबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल विहिबार खेल्ने छ ।

December 15, 2024

पोखरालाई सुदूरपश्चिमले दियो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]

December 15, 2024

हेड र स्मिथको शतकमा अस्ट्रेलिया विशाल योगफलतर्फ

एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]

December 15, 2024

पोखराले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् । सुदूरपश्चिमले पछिल्लो खेलमा खेलेको टिम नै मैदान उतारेको छ । सुदूरपश्चिम ४ दिन पछि खेल खेल्दैछ । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ दीपेन्द्रसिंह ऐरी, हर्मित […]

Success

Thank you for your time.