default_image

7 years ago

December 18, 2018

अन्तिम बलमा काठमाडौंलाई १ विकेटले हराउँदै ललितपुर फाइनलमा

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – योगेन्द्र सिंह कार्कीले अन्तिम ४ बलमा लगातर २-२ रन जोड्दै आठ रन जोडेपछि ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स इलेभेनलाई १ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिगको फाइनलमा स्थान पक्का गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य ललितपुरले अन्तिम बलमा भेटेको थियो ।

ललितपुरको जितमा नायक सावित रहेका योगेन्द्रले २९ बलमा १ चौका सहित २८ रनमा नट आउट रहे । १ सय ९ रनको सामान्य लक्ष्य पक्ष्याएको ललितपुरको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरको चार बलमै १ रन मा गौरव तोमरलाई गुमाएको ललितपुरले चौथो ओभरको पहिलो बलमा अर्का ओपनर जयकिशन कोल्सावाला ७ रनमा आउट हुन पुगे । तोमरलाई केभिन ओ ब्राएनले रोहन मुस्तफाको हातबाट क्याच गराउदा कोल्सावालालाई मुस्तफाले बोल्ड आउट गरेका हुन् ।

त्यस्तै आठौं ओभरको पाँचौ बलमा सांसद शेखले कप्तान ज्ञानेन्द्र मल्ललाई २१ रनमा एलपि डब्लू आउट गर्दै पेभिलिएको बाटो देखाएपछि ललितपुर केहि दबाबमा देखिएको थियो । मल्लले २२ बलमा ४ चौका प्रहार गरे । ११ ओभरमा ललितपुरको नाटकीय रुपमा विकेट पतन भयो । ११ औं ओभरको पहिलो बलमा प्रदीप साहुले सागर पुनको हातबाट क्याच गराउदैं पवन सरार्फलाई १९ रनमा आउट गरे ।

त्यसै ओभरको तेस्रो बलमा सन्दीप जोरा र चौथो बलमा सन्नी पटेललाई साहुले डक आउट गरेपछि ललितपुर संकटमा परेको थियो । पवनले २२ बलमा समान एक चौका र छक्का प्रहार गरे । सातौं विकेटका लागि कुशल भुर्तेल र योगेन्द्रसिंह कार्कीले ३७ रनको साझेदारी मुस्तफाले तोडेपछि ललितपुरलाई झनै कठिन बनेको थियो । कुशलले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रन बनाए । कुशललाई १८ औं ओभरको दोस्रो बलमा मुस्तफाले अंमरसिंह राउटेलाको हातबाट क्याच आउट गराएका थिए ।

काठमाडौंका लागि भारतीय बलर प्रदीप साहुले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै रोहन मुस्तफा र केभिन ओ ब्राएनले समान दुई विकेट लिदा सांसद शेखले विकेट लिए । बुधबार भैरहवा ग्ल्याडीयटर्स र चितवनबीच एलिनेमिटर खेल हुने छ । एलिनिमेटरको विजेता टोली काठमाडौंसँग क्वालिफायर खेल्ने छ । क्वालिफायरबाट विजेता टोली ललितपुरसँग उपाधिको लागि फाइनल खेल खेल्ने छ ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो । मध्यम सुरुवात गरेको काठमाडौंले चौथो ओभरको चौथो बलमा पवन सर्राफले सन्दीप जोराको हाटबाट क्याच गराउदैं ओपनर अमित श्रेष्ठलाई ९ रनमा आउट गर्दै ललितपुरलाई पहिलो सफलता दिलाए । दोस्रो विकेटका लागि सागर पुन र कप्तान रोहन मुस्तफाले ३८ रनको साझेदारी गर्दै काठमाडौंलाई ठूलो स्कोर तर्फ बढाउन खोजेका थिए ।

तर सातौं ओभरको चौथो बलमा रोहन मुस्तफालाई कुशल भुर्तेलले उत्कृष्ट रन आउट गर्दै पाट्नरशिप तोडे र ललितपुरलाई खेलमा फर्काए । मुस्तफाले २० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रनमा आउट भए । लगत्तै ७.४ ओभरमा ललित नारायण राजवंशीले केभिन ओ ब्राएनलाई विकेटकिपर जय किशन कोल्सावालाको हातबाट एक रनमा आउट गरेपछि काठमाडौं दवावमा परेको थियो । १० औं ओभरको पहिलो बलमा नरेश बुढाएरलाई १ र त्यसै ओभरको अन्तिम बलमा राजु रिजाललाइ पवन सर्राफले डक आउट गरेपछि काठमाडौं ठूलो स्कोर बनाउनबाट चुकेको हो ।

छैटौं विकेटका लागि सिद्धान्त लोहनी र सागर पुनले २४ रनको साझेदारी गर्दै सम्मानजनक स्थितीसम्म पुर्याउने आसा देखाएका थिए । तर सन्नी पटेलले सिद्धान्तलाई १६ ओभरको तेस्रो बलमा बोल्ड आउट गरेपछि काठमाडौं पूर्ण रुपमा धरासय बनेको हो । लोहनीले २४ बलमा २ चौका सहित १६ रन बनाए ।

काठमाडौंको विकेट पतन निरन्तर जारी रह्यो । सागर पुनले ३० बलमा समान एक चौका र छक्का सहित २९, प्रदीप साहु ९, बिक्रम शुषाल २,जितेन्द्र मुखिया डक र सांसद शेख ३ रनमा नट आउट रहे । काठमाडौंलाई सस्तैमा रोक्न पवन सर्राफले कसिलो बलिङ गरे । पवनले ४ ओभरमा १ मेडन सहित १३ रन खचेर ३ विकेट लिए । योगेन्द्रसिंह कार्कीले पनि २.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्नी पटेल २ र ललित नारायण राजवंशी को नाममा पनि एक विकेट रह्यो । प्रतियोगितामा पहिलो खेल खेलिरहेका युवा स्पिनर सूर्य तामाङले पनि ४ ओभरमा १७ रनमात्र खर्चे ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.