default_image

7 years ago

December 18, 2018

रुस्लान डीपीएलको अक्सन दर्ता भोलीदेखि

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ । तेस्रो संस्करण यहि माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले विगतका वर्षहरुझै यस वर्ष पनि अक्सनमार्फत नै खेलाडीहरुको छनोट गर्दैछ । यसवर्ष विगतझैं खेलाडीलाई विभिन्न वर्गमा विभाजन गरिने छैन । खेलाडी स्वयंले दर्ता फारम भर्दा न्यूनतम ३० हजार देखि अधिकतम २ लाख ५० हजारसम्म बेस प्राईस निर्धारण गर्न सक्नेछन् ।

खेलाडी दर्ता फर्म भर्ने मिति पुस ४ गतेदेखि पुस १० गते सम्म एक साताका लागि खोलिएको छ । खेलाडी अक्सन पौष १२ गते हुनेछ । जोकोही खेलाडीले पनि अक्सनमा नाम दर्ता गर्न सक्नेछन् ।

फर्म भर्नका लागि डीपीएलको वेबसाइटमा फर्म भर्न सकिने छ । फर्म शुल्क डीपीएलको वेबसाईटमा (www.dplofficial.com) ई-सेवाको मार्फत भुक्तानी गर्नुपर्ने छ । फर्म शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।

आयोजकले ट्यालेन्ट हन्टका लागि भने धनगढी क्रिकेट एकेडेमीको अफिसमा  फर्म भर्नुपर्ने प्रावधान राखेको छ । ट्यालेन्ट हन्टको छनोट पौष ९ गते सोमबार धनगढी क्रिकेट एकेडेमीमा हुनेछ ।

विगतको सिजनझैं प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । पछिल्लो दुवै सिजनको उपाधि टिम चौराहा धनगढीले जितेको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.