7 years ago
December 19, 2018
काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को एलिमिनेटर खेलमा आज भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स खेल्दै छन् । खेल दिउँसो १ बजेबाट सुरु हुने छ ।

भैरहवा ग्ल्याडीयटर्स
भैरहवामा शरद भेषवाकर कप्तान छन् भने चितवन पृथु बास्कोटाको कप्तानीमा उत्रने छ । समुह चरणमा चितवन भैरहवासँग १२ रनले पराजित भएको थियो । भैरहवा ५ खेलमा ३ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल खेलको हो भने चितवन ५ खेलमा ३ मा हार २ मा जितका साथ नेट रन रेटमा विराटनगर वारीयर्सलाई पछि पार्दै अन्तिम चारमा रहेर प्ले अफमा भैरहवासँगको भेट पक्का गर्यो ।
आजको विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित भएको काठमाडौं किंग्स इलाभेनसँग खेल्ने छ । विजेता टोली उपाधिको लागि आगमी शनिवार ललितपुर प्याट्रीयट्ससँग खेल्ने छ ।

चितवन टाइगर्स
समुह चरणमा कससको प्रर्दशन कस्तो ?
भैरहवाको सुरुवात राम्रो भएपनि अन्त्य राम्रो हुन सकेन । पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको भैरहवा दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले हरायो । तेस्रो खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै भैरहवा प्ले अफमा पुग्ने पहिलो टिम बन्यो तर चौथो खेलमा काठमाडौंसँग ७ र पाँचौ ललितपुरसँग ६ विकेटले पराजित भएपछि शिर्ष दुई स्थान भित्र रहेर क्वालिफायर खेल खेल्ने मौका गुमायो ।
नेदरल्यान्ड्सका रायन टेन डोस्काटे, यूएईका तीब्र गतिका बलर मोहमम्द नविद, भारतीय ब्याट्सम्यान रवि इन्दर सिंह भैरहवाका प्रमुख हतियार हुन् । तीनै खेलाडीले जारी ईपीएलमा उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।
यता भाग्यमानि चितवनको सुरुवात भने राम्रो हुन सकेन । पहिलो खेलमा ललितपुसँग ११ रनले पराजित भएको चितवन दोस्रो खेलमा काठमाडौंसँग ६ विकेट र भैरहवासँग १२ रनले पराजित हुन पुग्यो। चौथो खेलमा विराटनगरलाई ५ रन र अन्तिम खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गरेपछि चितवन विराटनगरको नतिजा पर्खेर बस्यो ।
नतिजा पनि आफु अनुकुल आएपछि चितवनले प्ले अफमा स्थान बनाएको हो । इंग्ल्यान्डका जोन सिम्पसन, जर्ज स्कट र आयरल्यान्डका ओपनर पाउल स्टरलिङ तथा दिपेन्द्र सिंह ऐरी जारी प्रतियोगितमा चितवनबाट उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी हुन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]