default_image

7 years ago

December 19, 2018

चितवनलाई हराउँदै भैरहवा क्वालिफायरमा

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्स एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको छ ।

चितवनले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४२ रन बनाउदै पुरा गर्दै क्वालिफायरमा काठमाडौं किंग्स इलाभनेसँगको भेट पक्का गरेको हो । पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगि सकेको छ । बिहीबार भैरहवा र काठमाडौँ भिड्ने छन् । विजेता टोली उपाधिको लागि ललितपुरसँग आगमी शनिबार खेल्ने छ । यो हारसँगै चितवन इपीएलबाट बाहिरीएको छ ।

भैरहवाको जितमा कुशल मल्ल र रोहित कुमार पौडेलले अन्तिममा उत्कृष्ट ब्याटिङ गर्दै सहज जित दिलाए । सातौ विकेटका लागि रोहत र मल्लले ४ ओभर भित्र ५१ रनको अविजीत साझेदारी गर्दै भैरहवालाई सहज जित दिलाए । रोहितले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाए । त्यस्तै मल्लले १३ बलमा समान दुई चौका र छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहे ।

मध्यम लक्ष्य पक्ष्याएको भैरहवाले सुरुवाती ५ ओभरमा प्रमुख ३ ब्याट्सम्यानलाई गुमाउनु पर्यो । ललितसिंह भण्डारीले दोस्रो ओभरको पाँचौ बलमा भिम सार्कीको हातबाट क्याच गराउदै मोहम्मद नविदलाई ४ रनमा पेभिलिएनको बाटो देखाए । नविद आउट भएको एक ओभरपछि कमलसिंह ऐरीले रविइन्दर सिंहलाई ४ रनमा आउट गरे । सिंह विकेटकीपर जोन सिप्पसनको हातबाट क्याच आउट हुन पुगे । पाँचौ ओभरको पहिलो बलमा कमलले दिपेन्द्रको हातबाट क्याच गराउदै रायन टेन डेस्काटेलाई डक आउट पठाएपछि भैरहवा सुरुवाती समय दबाबमा परेको थियो ।

तर चौथो विकेटका लागि कप्तान शरद भेषवाकर र प्रदीप ऐरीले ५६ रनको साझेदारी गर्दै भैरहवालाई जिततर्फ अग्रसर लगे । यी दुईको पाट्नरशिप १२.२ ओभरमा प्रदीपलाई ४२ रनमा विकेटकीपर सिम्पसनको हाटबाट क्याच गराउदैँ कमलले तोडेका थिए । प्रदीपले ३८ बलमा ६ चौका प्रहार गरे । १३.४ ओभरमा दिपेन्द्रले पृथु वास्कोटाको हातबाट क्याच गराउदै शरदलाई २९ रनमा आउट गरेपछि चितवन खेलमा फर्किएको थियो । शरदले २७ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को ओभरमा आरिफ ६ रनमा रन आउट भए । कमलसिंह ऐरीले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए पनि टोलीको हार र्टान सकेनन् । ललित र दिपेन्द्रले समान एक विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको चितवनले दिपेन्द्र सिंह ऐरीको अर्ध शतकको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । १८.५ ओभरमा मोहम्मद नविदले कृष्ण कार्कीको हातबाट क्याच आउट गराउनु अघि दिपेन्द्रले ४५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन जोडे ।

चितवनका ओपनर तथा टपअडर ब्याट्सम्यान आज पनि चल्न सकेनन् । चितवनले १८ रन बनाउदा दोस्रो ओभरको पाँचौ बलमा सन्दीप सुनार ब्यक्तिगत ४ रनमा आउट भए । सुनारलाई रायन टेन डेस्काटेले अभिनाश बोहराको हातबाट क्याच गराए । लगत्तै तेस्रो ओभरको पहिलो बलमा पाउल स्टरलिङ १४ रनमा आउट भए । मोहम्मद नवीदको ओभरमा कुशल मल्लले क्याच गर्नु अघि स्टरलिङले ७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

पाँचौ ओभरको तेस्रो बलमा नविदलेनै कप्तान शरद भेषवाकरको हातबाट क्याच गर्दै पृथु बास्कोटालाई डक आउट पेभिलिएन फर्कापछि चितवन दबाबमा पर्यो । चितवनको विकेट पतन एक तर्फबाट जारी रह्यो भने अर्को तर्फबाट दिपेन्द्रले रन बनाई रहे । ९ औँ ओभरको अन्तिम बलमा जोन सिम्पसनलाई भुवन कार्कीले डेस्काटेको हातबाट १४ रनमा क्याच आउट गर्दिए । १२ औं ओभरको चौथो बलमा अभिनाशले भिम सार्कीलाई ९ रनममा एलबीडब्लू आउट गरेपछि चितवनले थप दवावमा खेप्नु पर्यो । दिपेन्द्रले चितवनको पाली समाली रहे । दिपेन्द्र बाहेक चितवनका जर्ज स्कट ९,कमल सिंह ऐरी १३ र ललित सिंह भण्डारी ४ रनमा नट आउट रहे ।

भैरहवाका लागि मोहम्मद नविदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । धारिलो बलिङ गरेका अभिनाश बोहराले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिदा रायन टेन डेस्काटेले,भुवन काकी र कृष्ण कार्कीको नाममा पनि एक विकेट रह्यो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.