7 years ago
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीको संस्मरण एलबी क्षेत्री कप्तान १९९८ यसै महिना सार्वजनिक हुने भएको छ । क्रियटिभ बुक्सले पुसको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको पुस्तको कभर बुधबार सार्वजनिक भएको छ ।
क्रियटिभ बुक्सको यो पाँचौं प्रकाशन हो भने खेलकुद विधामा दोस्रो । यसअघि क्रियटिभ बुक्सले ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा सार्वजनिक गरकेो थियो । नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो ।
पहिलो राष्ट्रिय टोलीको उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए ।पुस्तकमा नेपाली क्रिकेटको इतिहास, समकालिन क्रिकेटरको संघर्षको कथा समेटिएको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले बताएका छन् । पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा क्षेत्रीले आफ्नो आत्मसंस्मरण लेखेका हुन् ।
क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणासहित सुरुवात, विकास र बिस्तारको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको दुई दशक पुरा हुँदा नेपाली पुरुष टोलीले एक दिवसिय मान्यता प्राप्त गरेको छ ।
‘यसले नेपाली क्रिकेट बुझ्न चाहने आम क्रिकेटप्रेमी, खेलाडी र दर्शकलाई नजिकबाट सिक्न जान्न र बुझ्न सघाउने अपेक्षा लिएका छौं’ अध्यक्ष ठकुरीले भने–‘यस पुस्तकमा एलबी क्षेत्रीले क्रिकेट करिअर सुरुवाती गर्दादेखि राष्ट्रिय टिमको कप्तान हुँदासम्मको संघर्ष र सफलताको कथा छ ।’
भारतको कोलकातामा क्रिकेट सिकेका क्षेत्रीले कोलकातामा ए डिभिजन क्रिकेट खेलेर नेपाल फर्किएका थिए । नेपालमा जिल्ला, क्षेत्र हुँदै उनले राष्ट्रिय प्रतियोगिता खेले । खेल जीवनपछि नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सदस्य तथा मध्यपश्चिमको क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा लिएका क्षेत्रीको अगुवाइमा सुरु भएको महिला क्रिकेटको कथा पनि पुस्तकमा समावेश गरिएको बताइएको छ ।
नेपाली क्रिकेटमा देखिएको चरम विवाद, राजनैतिक हस्तक्षेप, आइसीसीको निलम्बन र अब समाधानको उपायका सम्बन्धमा पनि उनको पुस्तकमा पढ्न पाइने जनाएको छ । यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समुहमा नेपाल सरकारको तर्फदेखि उनी सदस्यका हैसियतमा क्रियाशील छन् ।
कोहलपुर नगरपालिका १० शान्तिटोलका स्थायी निवासी क्षेत्री श्रीमति, एक छोरा र छोरीका साथ बिभिन्न सामाजिक कार्यमा पनि संलग्न छन् । प्राध्यापन पेशामा रहेका क्षेत्रीको यो पुस्तक नेपाली खेलकुदका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा क्रिएटिभ बुक्सले लिएको छ ।
‘नेपाली खेलकुद अभिलेखीकरणमा निकै कमजोर छ, यसलाई पुर्ति गर्ने अभियानमा लागेका छौं ।’ अध्यक्ष ठकुरीले भने –‘खेल सम्बन्धि दर्जन पुस्तकको तयारी अघि बढिरहेको छ, यद्यपी नेपाली साहित्यका पुस्तकको पनि काम गरिरहेका छौं ।’
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]