7 years ago
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग वान डे र टी-२० श्रृंखला खेल्ने भएको छ । नेपालले जनवरीमा वान डे र टी-२० श्रृंखला यूएईमानै खेल्ने नेपाली क्रिकेट टिमका एनालिस्ट रमन शिवाकोटीले हाम्रो खेलकुदलाई जानकारी दिए ।

शिवाकोटीका अनुसार नेपालले ५ मध्य कति टि-२० र वान डे खेल्ने भन्ने यसै साता तालिका सार्वजनिक हुनेछ । मैदान र समयको पनि यसै साता टुङ्गो लाग्ने शिवाकोटीले जानकारी दिए । नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले शृंखला खेलाउन लागेको हो ।
नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि वान डे मान्यता पाएको छ । नेपालले अगस्टमा वान डे अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेदरल्यान्डसँग दुई वान डे खेल खेलेको थियो । दुई वान डे श्रृंखला १–१ को बराबरीमा सकिएको थियो ।
त्यस्तै नेपालले तेस्रो वानडे युएईसँग एसिया कप छनोटमा खेलेको हो । नेपालले हालसम्म खेलेका ३ वान डे खेलिसकेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]