default_image

7 years ago

December 20, 2018

फाइनल प्रवेशको लागि भैरहवा र काठमाडौं भिड्दै

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिगमा आज फाइनल प्रवेशको लागि काठमाडौं किंग्स इलाभने र साविक उप विजेता भैरहवा ग्ल्याडीयटर्स भिड्दै छन् । खेल ११ : ३० वजेबाट सुरु हुने छ ।

कृष्ण कार्की

भैरहवाले एलिमिनेटरमा चितवन टाइगर्सलाई चार विकेटले हराउँदा काठमाडौं ललितपुरसँग पहिलो क्लालिफायरमा १ विकेटले हारेको थियो । आजको विजेता टोली फाइनलमा पुग्ने छ । यस अघिनै ललितपुर फाइनलमा पुगि सकेको छ । आजको विजेता र ललितपुरबीच फाइनल खेल आगमी शनिबार हुने छ । समुह चरणको खेलमा काठमाडौंले भैरहवालाई ७ विकेटले पराजित गरेको थियो ।

समुह चरणमा कुन टिमको प्रर्दशन कस्तो ?

भैरहवाको सुरुवात राम्रो भएपनि अन्त्य राम्रो हुन सकेन । पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको भैरहवाले दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले हरायो । तेस्रो खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै भैरहवा प्ले अफमा पुग्ने पहिलो टिम बन्यो तर चौथो खेलमा काठमाडौंसँग ७ र पाँचौ ललितपुरसँग ६ विकेटले पराजित भएपछि शिर्ष दुई स्थान भित्र रहेर सोझै क्वालिफायर खेल खेल्ने मौका गुमायो ।

सागर पुन

तर एलिमिनेटरमा चितवनलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा काठमाडौंसँगको भेट पक्का गर्यो । नेदरल्यान्ड्सका रायन टेन डोस्काटे, यूएईका तीब्र गतिका बलर मोहमम्द नविद,भारतीय ब्याट्सम्यान रवि इन्दर सिंह भैरहवाका प्रमुख हतियार हुन् । तीनै खेलाडीले जारी ईपीएलमा उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।

काठमाडौंले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा भने ललितपुरसँग १० विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा पोखरालाई ५ र चौथो खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेटले पराजित गर्दै एक खेल अगाडीनै काठमाडौंले प्ले अफमा स्थान बनायो ।

त्यस्तै पाँचौ खेलमा विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं दोस्रो स्थानमा रहेर क्वालिफायरमा ललितपुरसँगको भेट पक्का गरेको हो । तर क्वालिफायरमा ललितपुरसँग १ विकेटले पराजित हुदैँ सोझै फाइनल प्रवेश गर्ने मौका गुमायो । यूएईका कप्तान रोहन मुस्तफा, आयरल्यान्डका अलराउण्डर केभिन ओ ब्राइन, भारतीय प्रदीप साहु, आनन्द सुब्रमनियम र अमित श्रेष्ठ काठमाडौंका मुख्य खेलाडी हुन् । सोमपाल कामी घाईते भएको कारण संभवत आजको खेल पनि खेल्ने छैनन् । काठमाडौंलाई सगर पुनको चोटले पनि पिरोलेको छ । पहिलो खेलमा उनको गोलिगाँठामा चोट लागेको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.