7 years ago
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडीयटर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

शनिबार हुने फाइनलमा भैरहवाले ललितपुर प्याट्रीयट्सको सामना गर्नेछ । यसअघि पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगि सकेको छ । ललितपुर र भैरहवा उपाधिको लागि आगमी शनिबार खेल्ने छन् । यो हारसँगै काठमाडौं ईपीएलबाट बाहिरीएको छ ।
काठमाडौंले प्रस्तुत गरेको १ सय १ रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाउँदै प्राप्त गरेको हो । भैरहवाको जितमा रायन टेन डेस्काटेले उत्कृष्ट ब्याटिङ गरे । १२.३ ओभरमा प्रदीप साहुले सांसद शेखको हातबाट क्याच गराउनु अघि डेस्काटेले ३८ बलमा ५ चौका प्रहार गर्दै ४५ रन बनाए ।
त्यस्तै रविइन्दर सिंहले १९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रनमा आउट भए । रविइन्दर सिंहलाई १४.५ ओभरमा सांसद शेखले सिद्धान्तको हातबाट क्याच गराए । पहिलो विकेटका रुपमा तेस्रो ओभरमा अन्तिम बलमा ओपनर प्रदीप ऐरीलाई ३ रनमा भैरहवाले गुमाएको थियो । प्रदीपलाई सिद्धान्त लोहनीले रन आउट गराए ।

रायन टेन डोस्काटे
दोस्रो विकेटका रुपमा आरिफ शेख ५ रनमा आउट भए । आरिफलाई ७.४ ओभरमा सांसद शेखले एलपी डब्लू आउट गरे । शरद भेषवाकर ६ र रोहित कुमार पौडेल ९ रनमा नट आउट रहे । सांसद शेखले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै प्रदीप साहुले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले अन्तिम ओभरमा अल आउट हुदैँ १ सय रनमा समेटियो । काठमाडौंका लागि ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । काठमाडौंले पहिलो विकेटका रुपमा छैटौ ओभरको तेस्रो बलमा रोहन मुस्तफालाई ६ रनमा गुमाएको थियो । मुस्तफालाई कप्तान शरद भेषवाकरले बोल्ड गरे ।
मुस्तफा आउट भएसँगै काठमाडौंको लगातार विकेट पतन गुमि रह्यो । सातौ ओभरको दोस्रो बलमा नरेश बुढाएर २ र तेस्रो बलमा केभिन ओ ब्राइन डक आउट हुन पुगे । कुशल मल्लले नरेशलाई बोल्ड र ब्राइनलाई आरिफ शेखको हातबाट क्याच गराए । ११ ओभरको दोस्रो बलमा मल्ललेनै ओपनर अमित श्रेष्ठलाई रोहित कुमार पौडेलको हातबाट क्याच गराउदै १३ रनमा पेभिलिएनको बाटो देखाएपछि भैरहवा खेलमा हाबी रह्यो । अमितले ३२ बलमा १ चौका प्रहार सहित १३ रन बनाए ।
पाँचौ विकेटका लागि प्रदीप साहु र सन्दीप रजालीले ३३ रनको सोझेदारी गर्दै काठमाडौंलाई सम्मानजनक लक्ष्यको आसा देखाएका थिए । तर अभिनाश बोहराले १५ ओभरको अन्तिम बलमा रायन टेन डेस्काटेको हातबाट क्याच गराउदैँ साहुलाई २५ रनमा आउट गरेपछि काठमाडौं सस्तैमा समेटियो । साहुले २२ बलमा ३ चौका प्रहार गरे ।
डेब्यू गरेका सन्दीप रजाली १८.४ ओभरमा अभिनश बोहराले रन आउट गनु अघि २६ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २७ रन बनाए । सोमपाल कामी ७, राजु रिजाल १,जितेन्द्र मुखिया २ र सिद्धान्त लोहनी ४ रनमा नट आउट रहे । भैरहवाका लागि युवा खेलाडी कुशल मल्लले ४ ओभर २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै युएईका तीब्र गतिका बलर मोहम्मद नविदले २, शरद भेषवाकर र अभिनाश बोहराको नाममा पनि एक विकेट रह्यो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]