7 years ago
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिगको डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले सिड्नी थन्डरविरुद्ध दुई विकेट लिए ।

सन्दीपले सिड्नीविरुद्ध आठौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका थिए । उनले दोस्रो बलमा नै विपक्षी कप्तान सेन वाटसनलाई लङ अन बाउन्ड्री नजिक क्याच आउट गराए । उनले त्यसको दुई बलमा नै क्यलम फर्गासनलाई आफैं क्याच गर्दै दोस्रो विकेट हात पारे । उनले पहिलो ओभरमा ३ रनमात्र खर्चे ।
दोस्रो ओभरमा सन्दीपले ६ रन खर्चे । तेस्रो ओभरको अन्तिम बलमा जेसन संघाले छक्का प्रहार गरेपछि सन्दीपले त्यस ओभरमा १३ रन दिए । चौथो ओभरको पहिलो बलमा पनि संघाले सन्दीपको बलमा छक्का प्रहार गरे । संघाले तेस्रो बलमा गरेको प्रहर टप एज लाग्दै छक्का भयो । उनले त्यस ओभरमा १४ रन दिए ।
सन्दीपले ४ ओभरमा २ विकेट लिंदै ३६ रन खर्चिए । सन्दीपले १४ ओभर हुँदा नै आफ्नो ४ ओभरको कोटा पुरा गरे । थन्डरले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन जोडेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]