7 years ago
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको उपाधिको लागि शनिबार भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन् ।

ललितपुरले पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई एक विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भैरहवाले एलिमिनेटरमा चितवनलाई ४ र क्वालिफायरमा काठमाडौंलाई ६ विकेटले हराउँदै ललितपुरसँगको भेट पक्का गर्यो । पोखरा राइनोज र विराटनगर वारीयर्स समुह चरणबाटै बाहिरीए । चितवन टाइगर्स र काठमाडौं किंग्स इलाभेनको यात्रा प्ले अफबाट सकियो ।
बलिङ नेपाली क्रिकेट टिमको प्रमुख हतियार हो । उमेर समुह देखी राष्ट्रिय टोलीको जितको मुख्य आधार बलिङ्ग नै मान्ने गरिन्छ । ब्याटिङको कारण नेपालले थुप्रै अवसर गुमाउदा बलिङ्गले गर्दा ठूला सफलता हात पारेको छ । अन्तर्राष्ट्रिय स्तरमा मात्र नभएर घरेलु प्रतियोगितामा पनि नेपाली बलरनै हावी हुँदै आएका छन् । यस पटक भने त्यसो हुन सकेन । यस पटक प्रतियोगितामा नेपाली भन्दा विदेशी बलरनै हावी देखिएका छन् । सर्वाधिक विकेट लिने शिर्ष ५ खेलाडी भित्र ३ विदेशी बलर छन् ।
ईपीएलमा सर्वाधिक विकेट लिने ५ खेलाडी
मोहम्मद नविद, भैरहवा ग्ल्याडीयटर्स

मोहमद नविद
यूईका तीब्र गतिका बलर नविद जारी ईपीएलमा सार्वधिक विकेट लिने बलर हुन् । ५ खेलमा ५.२१ को इकोनमिमा रन खर्चेर नविदले १० विकेट लिएका छन् । नविदले कुल १९ ओभर बलिङ गर्दा ९९ रन खर्चेका छन् । नविदले काठमाडौंसँग क्वालिफायर खेलमा २, चितवनविरुद्ध एलिमिनेटर खेलमा ३, ललितपुरसँगको खेलमा १ र विराटनगरविरुद्ध ४ विकेट लिए ।
प्रदीप साहु, काठमाडौं किंग्स इलेभेन

काठमाडौं किंग्स एलेभेन
काठमाडौंका अलराउण्डर प्रदीप साहु भारतीय हुन् । आईपीएलको अनुभव समेत बोकेका साहुले जारी इपीएलका ६ खेलमा २२ ओभर बलिङ गर्दै ४.७२ को इकोनमीमा कुल १ सय ४ रन खर्चेर १० विकेट लिएका छन् । साहुले ललितपुरसँग क्वालिफायरमा ३ र विराटनरविरुद्ध २ विकेट हात पारे । त्यस्तै साहुले चितवनसँगको खेलमा ३, भैरहवासँग क्वालिफायरमा र समुह चरणको खेलमा समान १ विकेट लिन सफल रहे ।
सन्नी पटेल, ललितपुर प्याट्रीयट्स

ललितपुर प्याट्रीयट्स
भारतीय अलराउण्डर पटेल ललितपुरका महत्वपूर्ण खेलाडी हुन् । पटेलले ६ खेलमा २३ ओभर बलिङ गर्दै ४.९५ को इकोनमिमा १ सय १४ रन खर्चेर १० विकेट लिएका छन् । भैरहवाविरुद्ध एक्लै ५ विकेट लिएका पटेलले काठमाडौंसँगको क्वालिफायर खेलमा २ विकेट लिए । उनले काठमाडौंसँग समुह चरणको खेलमा १ र चितवनविरुद्ध दुई विकेट आफ्नो नाममा लेखाए ।
ललितसिंह भण्डारी, चितवन टाइगर्स

चितवन टाइगर्स
नेपाली राष्ट्रिय टिमका तीव्र गतिका बलर ललितसिंह भण्डारी जारी इपीएलमा सर्वाधिक विकेट लिने चौथो खेलाडी हुन् । चितवनबाट खेलेका ललितले ६ खेलमा २१.१ ओभर बलिङ गर्दा ८.०३ को इकोनमिमा कुल १ सय ७० रन खर्चेर १० विकेट आफ्नो नाममा राखेका छन् । उनले विराटनगरविरुद्ध ४, भैरहवाविरुद्ध एलिमिनेटर र समुह चरणमा समान एक-एक विकेट लिए । त्यस्तै पोखरासँगको खेलमा २ र काठमाडौं र ललितपुरबीरुद्ध पनि समान एक विकेट भण्डारीको नाममा रहयो ।
पवन सर्राफ, ललितपुर प्याट्रीयट्स

पवन सर्राफ
पवन सर्राफ इपिएलमा ललितपुरबाट खेलिरहेका छन् । ५ खेलमा ६.६१ कोे औसतमा रन खर्चेर ९ विकेट लिएका पवनले १८ ओभर बलिङ गर्दा १ सय १९ रन खर्चेका छन् । काठमाडौंसँग समुह चरण र क्वालिफायर तथा पोखरासँगको खेलमा समान तीन विकेट लिएका पवनले अन्य खेलमा भने विकेट लिन सकेनन् ।
यो पनि पढ्नुहोस्:
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]