default_image

7 years ago

December 22, 2018

ईपीएल उपाधिको लागि भैरहवा र ललितपुर भिड्दै

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको उपाधिको लागि आज भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन् । खेल आज दिउँसो १२ : ३० बजेबाट टियू क्रिकेट मैदानमा सुरु हुने छ ।

शरदको टिम भैरहवा र ज्ञानेन्द्र मल्लले कप्तानीमा रहेको ललितपुर पहिलो उपाधि चुम्ने सपना सहित मैदान उत्रिने छन् । शरद घरेलु फ्रेन्चाइज क्रिकेटमा लगातार फाइनल खेल्दै आइरहेका छन् भने ज्ञानेन्द्र पहिलो उपाधिको खोजीमा छन् । समुह चरणको खेलमा ललितपुरले भैरहवालाई ६ विकेटले हराएको थियो । क्वालिफायर खेलमा काठमाडौंलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा स्थान पक्का गरेको हो । एलिमिनेटरमा चितवनलाई ४ र काठमाडौंलाई क्वालिफायरमा ६ विकेटले पराजित गर्दै भैरहवाले फाइनलमा स्थान बनायो ।

समुह चरणमा कसको प्रर्दश कस्तो ?

पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको ललितपुरले त्यसयता हारको स्वाद चाखेको छैन । अर्थात लगातर चार खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेर क्वालिफायर हुँदै फाइनल यात्रा तय गरेको हो । दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दा ललितपुरले तेस्रो खेलमा पोखरा राइनोजलाई ८विकेट र चौथो खेलमा काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो ।

त्यस्तै पाँचौ खेलमा भैरहवालाई ६ विकेटले पराजित गर्यो । ललितपुरका तीनै विदेशी खेलाडी गौरव तोमर, जयकिशन कोल्सावाला र सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तान ज्ञानेन्द मल्ल, राशिद खान,पवन सर्राफ, योगेन्द्रसिंह कार्की र ललितनारायण राजवंशी पनि ललितपुरका महत्त्वपूर्ण खेलाडी हुन् ।

पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको भैरहवाले दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले हरायो । तेस्रो खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै भैरहवा प्ले अफमा पुग्ने पहिलो टिम बन्यो तर चौथो खेलमा काठमाडौंसँग ७ र पाँचौ ललितपुरसँग ६ विकेटले पराजित हुन पुग्यो । रायन टेन डेस्काटे, रविइन्दर सिंह,मोहम्मद नविद, युवा खेलाडी कुशल मल्ल र रोहित कुमार पौडेल जारी भैरहवाका मुख्य हतियार हुन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.