default_image

7 years ago

December 22, 2018

ईपीएल उपाधि जित्न भैरहवालाई १ सय ५६ रनको लक्ष्य

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर जय किशन कोल्सावालाको अर्धशतकमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) तेस्रो संकरणको फाइनल खेलमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्ल्याडीयटर्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ ।

जयकिशन कोल्सवाला

टस हारेर पहिला ब्याटिङ थालेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । कोल्सावालाले ५२ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५७ रनमा आउट भए । कोल्सावालालाई १८ औं ओभरको पाँचौ बलमा कृष्ण कार्कीले बोल्ड आउट गरेका थिए । ओपनर गौरभ तोमर र जयकिशन कोल्सावालाले ५ ओभर भित्र ४१ रनको साझेदारी गर्दै ललितपुरलाई राम्रो सूरुवात दिलाए ।

छैटौं ओभरको पहिलो बलमा रायन टेन डोस्काटेले तोमरलाई २३ रनमा आउट गदै भैरहवालाई पहिलो सफलता दिलाएका थिए । रविइन्दर सिंहको हातबाट क्याच हुनु अघि तोमरले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । आठौं ओभरको चौथो बलमा शरद भेषवाकरले कुशल मल्लको हातबाट क्याच गराउदै ज्ञानेन्द्र मल्ललाई १० रनमा पेभिलिएनको बाटो देखाए । चौथो विकेटका लागि कोल्सावालाले सन्दीप जोरासँग ३९ रनको साझेदारी गर्दै विशला रनतर्फ लगे ।

सन्दीप जोरालाई १३.४ ओभरमा भुवन कार्कीले अभिनाश बोहराको हातबाट क्याच गराउदै २४ रनमा आउट गरे । जोराले ११ बलमा २ छक्का र १ चौका प्रहार गरे । १६ औं ओभरको चौथो बलमा कृष्ण कार्कीले रविइन्दर सिंहको हातबाट सन्नी पटेललाई १ रनमा आउट गरेपछि भैरहवा खेलमा फर्किएको थियो ।

कोल्सावाला बाहेक ललितपुरका अन्य ब्याट्सम्यान राम्रो प्रर्दशन गर्न सकेनन् । ललितपुरका अन्य कुशल भुर्तेल ११, पवन सरार्फ ५, सनु तामाङ र योगेन्द्र सिंह कार्कीले समान ३ रन बनाउदा राशिद खान र ललित नारायण राजवंशीले खाता सम्म खोल्न सकेनन् ।

भैरहवाका लागि कृष्ण कार्कीले कसिलो बलिङ गरे । कार्कीले २ ओभरका १५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मोहम्मद नविद र रायन टेन डेस्काटेले समान दुई लिदा शरद भेषवाकर र भुवन कार्कीको नाममा पनि १ विकेट रह्यो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.