default_image

7 years ago

December 22, 2018

ईपीएलमा म्यान अफ द सिरीज रविइन्दर सिंह

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा म्यान अफ द सिरीज भैरहवा ग्ल्याडीयटर्सका ब्याट्सम्यान रविइन्दर सिंह चुनिएका छन् ।

रवि इन्दर सिंह

रविले पुरस्कारस्वरुप आरटीआर १ सय ६० फोर भि मोटरसाइकल पाए । ईपीएलमा उनले ८ खेलमा १ शतक सहित ३ सय ३७ रन बनाएका थिए ।

उपाधि ललितपुर प्याट्रीयट्सले जितेको छ । फाइनल खेलमा शनिबार भैरहवा ग्ल्याडीयटर्सलाई १४ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन मात्र बनाउन सक्यो ।

ईपीएल विजेता टोली ललितपुरले २५ लाख पाउँदा उप विजेता टोली भैरहवाले १० लाख हात पारेको छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.