7 years ago
December 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटका तीन ठूला टि ट्वान्टी प्रतियोगितामध्ये एभरेष्ट प्रिमियर लिग (ईपीएल) को २०१८ संस्करणको उपाधि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सले पहिलो पटक जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शरद भेषावकरको भैरहवा ग्ल्याडियटर्सलाई १४ रनले हराउँदै ललितपुरले इपिएल उपाधि जितेको हो । अन्य दुई प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पिपिएल) मा ज्ञानेन्द्रको कप्तानीमा रहेको टोलीले जितेको छैन । ज्ञानेन्द्रले ईपीएलको पहिलो संस्करण (कलर्स एक्स फ्याक्टर) र डीपीएलको पछिल्लो संस्करण (काठमाडौं गोल्डेन्स) लाई फाइनलमा पुर्याएपनि उपाधि जित्न भने सकेका थिएनन् ।
पहिलो पटक च्याम्पियन बनेपछि ज्ञानेन्द्रले आफ्नो टोली उपाधिको हकदार रहेको बताए । उनले भने , ‘हामीलाई अघिल्लो वर्षपनि सम्भावित विजेताका रुपमा हेरिएको थियो । तर, सफल भएनौं । यसपटक सुरुवात राम्रो भएन । तर त्यसपछि सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्दै अघि बढ्यौं र सफलता मिल्यो ।’
ज्ञानेन्द्रले फाइनलमा १ सय ५६ रनको सामान्य लक्ष्य दिएपनि भैरहवाका रवि इन्दर सिंहको विकेट लिनु नै महत्वपूर्ण भएको बताए । ‘ रविलाई आउट गरेपछि हामीले खेल आफ्नो पक्षमा पार्यौं,’ ज्ञानेन्द्रले आफ्नो टोलीको इनिङका बारेमा भने, ‘ आफ्नो ब्याटिङमा फिनिसङ गर्न सकेनौं । खेललाई अन्तिम ओभरसम्म पुर्याउन नसक्नुले लक्ष्य केहि कम भएको थियो । अन्तिम केहि ओभरमा लगातार विकेट खस्दा २० देखि २५ रन कम भएको महसुस गरेको थिएँ ।
ज्ञानेन्द्रले दोस्रो इनिङसमा सबैले राम्रो खेल्दा जित हात पार्न सकेको बताए । ‘ राम्रो सुरुवात गर्न सके खेलमा फर्कन सक्ने विश्वास थियो । । रविको विकेट गएपछि हामीले खेलमा पकड बनायौं र अन्त्यसम्म सबैले आफ्नो जिम्मेवारी पूरा गर्दै जितसम्म डोर्याए,’ उनले टुंग्याए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]