default_image

7 years ago

December 22, 2018

व्यवस्थापन सुस्त, खेलाडी रुष्ट, आयोजक सन्तुष्ट

172 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

कुनैपनि प्रतियोगिताको पहिलो संस्करणले त्यसको दिगो भविष्य कस्तो छ भन्ने देखाउँछ । दोस्रो संस्करणमा आएको सुधारले त्यसको महत्त्व आम दर्शक र खेलको विकासमै कस्तो रहन्छ भन्ने थाहा हुन्छ । तेस्रो संस्करणदेखि सम्बन्धित पक्षहरुले त्यस प्रतियोगिताबाट केहि अपेक्षा पनि गर्न थाल्छन् ।

राजधानीमा शनिबार एभरेस्ट प्रिमियर लिगको तेस्रो संस्करण सम्पन्न भयो । पहिलो संस्करणमा कर्पोरेट क्षेत्रका ठूला नामहरुको आधार मानेर आयोजित फ्रेन्चाइज ईपीएलले त्यस अनुसार जाँदा दिगो भविष्य देखेन । नतिजा दोस्रो संस्करणमा टोलीहरुको नाम सहरको आधारमा राखियो र टोलीको निर्माणमा पनि फेरबदल भए । ‘आयोजक’ ले आयोजकको नाम परिवर्तन गरेपनि प्रतियोगिता त्यहि थियो र संकल्प पनि । दोस्रो संस्करण पहिलो संस्करणभन्दा भव्य भयो र सफल पनि ।

दोस्रो संस्करणमा विदेशी खेलाडी समावेश भएसँगै प्रतियोगिताको स्तर पनि केहि सुधारिएको थियो । स्वयं नेपाली खेलाडीहरुले पनि यसको खुलेर प्रशंसा गरे । नेपाली क्रिकेटमा दर्शकहरुको साथ सधैं रहने गर्छ । चाहे त्यो एकदिवसीय प्रधानमन्त्री कप होस् या रुस्लान ट्वान्टी-२० कप, दर्शकहरुले राम्रो साथ् दिन्छन् । ईपीएलको दोस्रो संस्करणले दर्शकहरुलाई क्रिकेटको नयाँ स्वाद चखायो । दोस्रो संस्करणले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाउन सफल भयो ।

ईपीएलसँगै धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) को आगमनले तेस्रो संस्करणको प्रतियोगिता झनै भव्य हुने अपेक्षा थियो । आयोजकहरुले लामो समयदेखि यस प्रतियोगिताको लागि तयार पनि गरे । कहिले आयोजना मिति घोषणा, कहिले प्रायोजकसँग सम्झौता त कहिले चियरलिडर्स, आयोजकले प्रतियोगिता भव्य हुने भन्दै प्रचारमुखी कार्यक्रम धेरै अगाडीदेखि गरेको थियो । त्यसैअनुसार नाम चलेका विदेशी खेलाडीको आगमनले प्रतियोगिताले ठूलै रुप लिने अपेक्षा रहेको थियो ।

उपाधि विजेता ललितपुर प्याट्रीयट्स

आयोजक, फ्रेन्चाइज, दर्शक, व्यवस्थापन, लगायत प्रतियोगिताको महत्त्वपूर्ण पाटो हुन् । तर मुख्य पाटो भनेको खेल र खेलाडी नै हुन् । कुनैपनि खेलमा यदि खेलाडी र खेलभन्दा बढी अन्य पक्षलाई बढी महत्त्व दिइन्छ भने त्यसले आफ्नो मुख्य लक्ष्य खेल विकास नभएर अन्यत्र मोडिएको बुझ्न सकिन्छ । ईपीएलको तेस्रो संस्करणमा आयोजक ईपीएल प्राइभेट लिमिटेडले प्रतियोगिताको अधिकांश व्यवस्थापनको पाटो भारतीय कम्पनिलाई सुम्पिएको थियो । मैदानको हरेक व्यवस्थापनदेखि आयोजनाको प्राविधिक पक्षमा भारतीयकै बोलबोला थियो ।

आयोजनाको नेतृत्व गर्ने पक्ष भारतीय भएपनि त्यसलाई कार्यमा उतार्न नेपाली जनशक्तिकै प्रयोग गरियो । जसका कारण पहिलो दिनदेखि नै समन्वयमा कमि देखिन्थ्यो । नेपालमा हरेक वर्ष तीन ठूला फ्रेन्चाइज क्रिकेट लिग तथा अन्य थुप्रै प्रतियोगिता हुने गर्दछ । अन्य खेलका पनि थुप्रै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता पनि नभएका हैनन् । आईसीसीले नै नेपाली आयोजनामा विभिन्न प्रतियोगिता सम्पन्न गरेको थियो, त्यो पनि अहिले भन्दा कम साधन र स्रोतको प्रयोगमा । प्रतियोगिताको स्तर उकास्न ईपीएल आयोजकले यस्तो कदम चालेपनि त्यो सफल भने देखिएन । त्यो सफल नहुनु नेपालको क्रिकेटको स्तर उच्च नभएको हो या व्यवस्थापन पक्ष कमजोर, त्यसमा आ-आफ्नो धारणा रहन्छ ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले प्रतियोगिताको व्यवस्थापनलाई लिएर फाइनलपछि पत्रकार सम्मेलन गर्दै असन्तुष्टि पनि जनाए । यद्यपी उनले खेलको स्तर र यसले खेल विकासमा गर्ने सहयोगको भने प्रशंसा गरे । कप्तान खड्काले व्यवस्थापन पक्ष र आयोजकले गरेका केहि कदम भने नेपालको क्रिकेट स्तरसँग नमिल्दो भएको बताए ।

पारस खड्का

‘ यो प्रतियोगिता नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो भन्नेमा दुइमत छैन । खेल र खेलाडीको स्तर हेर्दा पछिल्लो पटकभन्दा राम्रो रहयो । व्यक्तिगत रुपमा मैले विगत १५ वर्षदेखि क्रिकेट खेलिरहेको छु । मेरो परिवारले यसदौरान टीयूमा आएर मैले खेलेको हेरेको छ । तर यसपटक जे भयो, त्यो पक्कै राम्रो थिएन । यो मेरो व्यक्तिगत समस्या मात्र होइन । अन्य टोली र अन्य खेलाडीले पनि यस्तै किसिमका समस्या भोगेका छन्,’ पारसले भने, ‘ अन्य टोली र खेलाडीले यसबारे बोल्न चाहेनन् । म चुप बस्न सक्दिन ।’ उनले व्यवस्थापन पक्षबाट आफ्नो टोलीका खेलाडी र प्रशिक्षकलाई व्यवस्थापनले गरेको व्यवहार उचित नरहेको बताए ।

पारसले विदेशी व्यवस्थापन आउनु समस्या नभएको पनि प्रष्ट पारे । ‘ विदेशी व्यवस्थापन आउनु हुँदैन भन्ने हैन । खेललाई अगाडी बढाउन केहि स्तर निर्धारण गर्ने कार्य हुनैपर्छ । तर त्यसमा सन्तुलन उत्तिकै जरुरि छ । नेपाली क्रिकेट कस्तो छ र कसरि चलेको छ भन्ने सबैलाई थाहा हुनुपर्छ । बाहिरबाट कोहि यहाँ आउँछ भने नेपाली क्रिकेटबारे बुझेको हुनुपर्छ । नेपालको वातावरण र स्थितिसँगै अगाडी बढ्नुपर्छ । हामी अमेरिका, अष्ट्रेलिया वा बेलायत हैनौं । यहाँ केहि अवस्था छन् जसलाई हामी नियन्त्रण गर्न सक्दैनौं । हामी यो सबैलाई ध्यानमा राखेर अगाडी बढ्छौं भने व्यवस्थापन स्वदेशी होस् वा विदेशी, समस्या हुँदैन ।’

आयोजकले भने प्रतियोगिता स्तर उकास्न नै यो कदम चालेको र आफ्नो व्यवस्थापनबाट गल्ति नभएको प्रष्ट पारे । ‘आईसीसीले पत्राचार गर्दै नियमन गर्न भनेकोले हामीले भारतबाट दक्ष जनशक्ति ल्याएका हौं । अन्य प्रतियोगितामा अनुभव प्राप्त जनशक्ति नै यहाँ ल्याएका हौँ । नयाँ प्रयोग भएको हुनाले हामीले जस्तो भनेको त्यो अनुसार गर्न सकेनौं । हामीले खेल विकासको लागि नै सकेसम्म राम्रो गर्न खोजेको हौं,’ आयोजक टोलीका सदस्यले भने ।

‘हामीसंग पर्याप्त बजेट र स्रोत नहुँदा चाहिएअनुसार जनशक्ति पाउन सकेनौं । त्यसैले पनि हाम्रो लक्ष्य प्राप्त हुन सकेन । आईसीसीको ‘कोड अफ कन्डक्ट’ पूर्ण रुपमा नियमन गर्न नसकेपनि ५० प्रतिशत गर्ने हाम्रो लक्ष्य थियो । हामीले जे गर्यौं त्यसमा गलत केहि देख्दिन । केहि समस्या आए होला तर आउने दिनमा त्यसलाई सुधार्दै लगेमात्र नेपाली क्रिकेटले अर्को स्तरमा पुग्नेछ ।’

‘हामीले यसपटक ग्राउण्ड र दर्शक, क्रिकेटको स्तर र टेलिभिजन प्रसारणलाई जोड दिएका थियौं । यी सबै पक्षमा हामीले सकारात्मक नतिजा प्राप्त गरेका छौं । अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतियोगिताले नेपाली क्रिकेटको चिनारी प्रस्तुत गरेको छ । ‘

भारतीय व्यवस्थापन र नेपाली वातावरणमा समन्वय नहुँदा प्रतियोगिताभर निकै समस्या आए । प्रतियोगिताको पहिलो दिन देखि नै मिडिया होस् या खेलाडी, सबैतिर असमझदारीले पटक पटक समस्या उत्पन्न भयो । खेलाडीहरु खेल सकिएपछि बाहिरिएर परिवारसँग भेट्दा पनि व्यवस्थापनबाट उचित व्यवहार नभएको गुनासो धेरैले गरे । प्रतियोगिता आयोजनामा पनि विभिन्न बहना बनाएर केहि सिमित टोलीलाई मात्र आयोजकले लक्षित गरेको गुनासो पनि उत्तिकै थियो ।

आरोप प्रत्यारोप चल्दै गरेपनि ईपीएलले गरेको पहिलो प्रयास शत प्रतिशत सफल हुन भने सकेन । आयोजक स्वयं प्रतियोगिता सफल रहेको बताएपनि खेल सम्बन्धित अन्य पक्ष भने खुसी छैनन् । खेलाडीले खुलेआम व्यवस्थापनको आलोचना गरे । दर्शकहरु सामान्य शौचालयको व्यवस्था नहुँदा समेत १ सय रुपैयाँको टिकट काटेर मैदान पुगे । खेलप्रेमी दर्शक र क्रिकेट सम्बन्धित व्यक्ति र संस्थाले सहयोग गर्दा प्रतियोगिता समग्रमा सफल नै भयो । तर यसबाट उब्जेका समस्यालाई आउने दिनमा सम्बोधन गर्दै लगे प्रतियोगिता अझै राम्रो हुनेछ ।

यो पनि :

कप्तान पारस खड्काले गरेको पत्रकार सम्मेलन भिडियो:

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.