7 years ago
December 23, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी अटाएका छन् । नयाँ वरियतामा शिर्ष १०० भित्र नेपालका ३ खेलाडी अटाएका हुन् ।
ब्याटिङ तर्फ पारस खड्का, बलिङमा सोमपाल कामी र वसन्त रेग्मी शिर्ष एक सय भित्र छन् । अलराउण्डर तर्फ पारस र सोमपाल परेका छन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ४ स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । बलिङतर्फ वसन्त रेग्मी ७४ औँ स्थानमा रहेका छन् ।
वसन्तले पाकिस्तानका उस्मान खान,शाहिन अफ्रिदी,वेस्ट इन्डिजका आन्द्रे रसेल, आरल्यान्डका पल स्टरर्लिङ,इंग्ल्यान्डका बेन स्ट्रोक्स, भारतका कुनाल पान्ड्या,आशिष नेहेरा,जयदेव उनादकट र अस्ट्रलियाका मार्कस स्टोनिस जस्ता खेलाडीलाई पाछाडी पारेका छन् ।
सोमपाल ९२ औं स्थानमा रहेका छन् । सोमपाल भन्दा आशिष नेहरा, कुनाल पान्ड्या, कोरी एन्डरसन पछि छन् । ब्याटिङ अलराउण्डरतर्फ पारस ४२ औँ स्थानमा छन् । पारसले जो रुट, सिकन्दर राजा, काइरान पोलार्ड, इमाद वासिम, कोलन डी ग्रान्डहोम, नाथन कुल्टर नाइल, एलिसा गुणरत्ने जस्ता खेलाडीलाई पछि पारेका छन् ।
सोमपाल अलराउण्डरतर्फ ६४ औं स्थानमा छन् । सोमपाल कामीले हसन अली, टिम साउथि, मेहदी हसन, इश सोधी, आदिल रशिद, मिचेल मार्श, एडम जम्पा जस्ता खेलाडीलाई वरियर्तामा पछि छाडेका छन् । टि–२० वरियताको ब्याटिङमा बाबर आजम, बलिङमा रसिद खान र अल राउण्डरमा ग्लेन म्याक्सवेल शीर्षस्थानमा छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]