default_image

7 years ago

December 24, 2018

सन्दीपको उत्कृष्ट प्रर्दशन तर मेलबर्न पराजित

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यासको दोस्रो खेलमा पनि सानदार प्रर्दशन गरेका छन् ।

सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सबीरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् । आफ्नो पहिलो स्पेल लिएर सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा एलेक्स डूलनलाई २ रनमा बोल्ड गरे । सन्दीपले उक्तमा ओभरमा ५ रन मात्र खर्चिए । त्यस्तै नवौं ओेभरमा सन्दीपले १ चौका सहित ७ रन खर्चिए, कुनै विकेट लिन सकेनन् । जस्मा सुरुवाती ३ बल डट गराए ।

१४ औं ओभरको दोस्रो बलमा सन्दीपले कप्तान तथा विकेटकीपर मैथ्यू वेडलाई एडम जम्पाको हातबाट क्याच गराउदै ५२ रनमा पेभिलिएन फर्काए । यस ओभरमा एक छक्का सहित सन्दीपले ८ रन खर्चिदै १ विकेट लिए । त्यस्तै १६ ओभरको पहिलो बलमै बेन मैकडरमोटलाई एलपी डब्लू आउट गरे । आफ्नो अन्तिम ओभर समेत रहेको उक्त ओभरमा सन्दीपले एक विकेट सहित ४ रन मात्र खर्चिए । तर सन्दीपको टिम मेलबर्न होबार्टसँग ६ विकेटले पराजित भएको छ । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको होबार्टले १८.४ ओभरका ४ विकेटको क्षतिमा पुरा गर्यो ।

उसका लागि मैथ्यू वेड ५२, डी आर्सी शर्ट ३४ र बेन मैकडरमोटले २८ रन बनाए । त्यस्तै जर्ज बेली २७ रनमा नट आउट रहे । मेलवर्नका लागि सन्दीप बाहेक स्कट बोल्लानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मेलवर्नले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन जोडेको थियो । मेलवर्नका लागि निक लार्किन ४५, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिस २२ र ड्वेन बाभ्रोले १२ रन जोडे । होबार्ट होबार्ट हरिकेन्सका लागि जोफ्रा आर्चरले ३ र डी आर्सी शर्टले २ विकेट लिए । सन्दीपले पहिलो डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध ४ ओभरमा ३६ रन खर्चिएर २ विकेटका थिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.