7 years ago
December 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको प्रायोजन र नेपालय इन्टरसेनसलको व्यवस्थापनमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रमका लागि राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित तीन सदस्यीय टोली सोमबार अष्ट्रेलिया प्रस्थान गर्ने भएको छ ।
पारससँगै टोलीमा राष्ट्रिय टोलीका अर्का सदस्य दीपेन्द्र सिंह ऐरी र यू १९ राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास प्रधान रहेका छन् । पारसहितको टोलीले डिसेम्बर ३० मा मेलबर्न, जनवरी ५–६ तारिखमा सिड्नी, जनवरी १० तारिखमा ब्रिसबेन र जनवरी १२ तारिखमा एडिलेडमा अन्तक्रिर्यात्मक कार्यक्रममा भाग लिनेछन् ।
नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधानले जनवरी १२ मा पूर्व राष्ट्रिय खेलाडी तथा एक्सपर्ट क्रिकेट क्लबका खेलाडी सम्मिलित तीन टोली बनाएर ट्वान्टी–२० क्रिकेट खेलिने जानकारी दिए । पारस, दीपेन्द्रसिंह र सुवास अलग अलग टोलीको नेतृत्व गर्नेछन् ।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका ब्रान्ड एम्बासडर समेत रहेका पारसले सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली क्रिकेट विकासको लागि क्रिकेट अष्ट्रेलियासँग छलफल गरिने बताए । ‘पछिल्लो ६ महिनादेखि म र एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज क्रिकेटसँग जोडिएको छु । उहाँहरुले नेपाली क्रिकेट बिकासकै लागि काम गरिरहनु भएको छ, उनले भने,‘ फेरि एकपटक एक्सपर्टले नेपाली क्रिकेट प्रचारको लागि अर्काे कार्यक्रमको आयोजना गरेको छ । यसमा सहभागी हुन पाउदा खुशी छु ।’
अस्ट्रेलिया क्रिकेट टोलीका पर्व कप्तान माइकल क्लार्कले नेपाली खेलाडी सन्दीप लामिछानेको खेल जीवन अघि बढाउन पुर्याएको सहयोगको स्मरण गर्दै पारसले थपे, ‘सन् २०१५ मा म अस्ट्रेलिया जाँदा पनि त्यहाँ नेपाली क्रिकेटबारे धेरैलाई चासो थियो । क्रिकेट अस्ट्रेलियाले नेपाली क्रिकेटलाई माया गर्दै आउनु भएको छ । यो भ्रमणमा पनि क्लार्कसँग भेटेर नेपाली क्रिकेटसँग सहकार्यका लागि पहल गर्नेछौं । अन्य क्रिकेट खेलाडीलाई पनि त्यहाँ अवसर दिन सकिन्छ की भनेर हामी सोचिरहेका छौं ।’
क्लार्कले दुई बर्षअघि नेपाली युवा लेग स्पिनर सन्दीपलाई आफ्नै एकेडेमीमा प्रशिक्षणको लागि बोलाएका थिए । क्लार्कले सन्दीपमा क्षमता देखेर नै उनलाई सेन वार्नसँग तुलना गर्न थालिएको थियो । पछि सन्दीपलाई लेग ब्रेक गुग्लीको उपनामले चिनिन थालेको थियो ।
‘अस्ट्रेलियामा नेपाली क्रिकेट समूहसँग अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन् । केही नेपाली खेलाडीहरु पनि क्लब स्तरमा राम्रो खेलिरहेका छन्,’ अस्ट्रेलिया भ्रमणको उद्देश्य बताउँदै पारसले भने, ‘अस्ट्रेलियन क्रिकेटसँग दुई चार वर्षयता हाम्रो राम्रो सम्बन्ध पनि छ । माइकल क्लार्कका माध्यमबाट सन्दीप लामिछानेले पनि एक्सपोजर पाए । हामी भ्रमणका क्रममा क्लार्कलाई पनि भेट्ने प्रयास गर्नेछौं ।’
पोखरा प्रिमियर लिगका बेला क्लार्कलाई बोलाईएको स्मरण गर्दै पारसले भने, ‘ पीपीएलको समयमा उनको तालिका मिलेन । यसपटक उनीसँग भेटेर क्रिकेट अस्ट्रेलियासँग कस्तो सम्बन्ध स्थापित गर्न सकिन्छ भन्नेमा छलफल हुनेछ ।’
पारसले भ्रमणबाट अस्ट्रेलियाका क्रिकेट सरोकारवालाहरुबाट नेपाली क्रिकेटलाई हुनसक्ने सहयोग खोजिने आशा व्यक्त गर्दै त्यहाँका क्लबहरुसँग आगामी दिनमा नेपाली खेलाडीहरुलाई एक्सोजर दिन सकिने विषयमा पनि केन्द्रित हुने बताए । उनले सन्दीप अस्ट्रेलियामै रहने पनि बिग बास खेलिरहेका कारण अन्तरक्रियामा उनी सहभागी नहुने बताए ।
दीपेन्द्रले पोखरामा गत महिना सम्पन्न पोखरा प्रिमियर लिग (पिपिएल) मा एक्सपर्ट धनगढी ब्लुजको कप्तानी गरेका थिए । यसैगरी नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास धनगढी ब्लुजका निर्देशक पनि हुन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]