7 years ago
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिता एक हप्ता पछि सरेको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल युएईंबीच क्रिकेट सिरिज हुने भएको कारण प्रतियोगिता एक हप्ता पछि सारिएको उल्लेख गरिएको छ ।
डिपिएल माघ १९ बाट फागुन ४ सम्म हुने तय भएको थियो । सोही समयमा नेपाल र युएईंबीच एक दिवसीय र टी–२० का खेलहरु हुने तय भएको थियो । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि दोस्रो पटक एक दिवसीय खेल खेल्न लागेको हो ।
नयाँ मिति अनुसार डिपिएल माघ २६ बाट पागुन ११ गतेसम्म आयोजना हुने आयोजकले उल्लेख गरेको छ ।
यस्तै आयोजकले डिपिएलका लागि खेलाडी दर्ताको समयसीमा पनि एक हप्ता बढाएको छ । खेलाडी दर्ता १७ गतेसम्मको लागि राखिएको छ । यसअघि १२ गतेसम्मको लागि रहेको थियो । अक्सन पुस १९ मा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]