default_image

7 years ago

December 25, 2018

नेपालले यूएईमा ३-३ ओडीआई र टि ट्वान्टीआई खेल्ने

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा ३-३ खेलको वान डे अन्तर्राष्ट्रिय (ओडीआई) र ट्वान्टी-२० अन्तर्राष्ट्रिय (टि-२०आई) सिरिज खेल्ने भएको छ ।

नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज भने ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म चल्नेछ । सिरिजका सबै खेल दुबईमा हुने सम्भावना प्रबल छ । प्रस्तावित मितिलाई आईसीसीले मान्यता दिन भने बाँकी रहेको छ ।

नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले शृंखला खेलाउन लागेको हो । नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

नेपालले अगस्टमा वान डे अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेदरल्यान्डसँग दुई वान डे खेल खेलेको थियो । दुई वान डे श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । त्यस्तै नेपालले तेस्रो वानडे युएईसँग एसिया कप छनोटमा खेलेको हो । नेपालले हालसम्म खेलेका ३ वान डे खेलिसकेको छ ।

पूर्ण तालिका :

२५ जनवरी – शुक्रबार – पहिलो ओडीआई

२६ जनवरी – शनिबार  – दोस्रो ओडीआई

२८ जनवरी – सोमबार – तेस्रो ओडीआई

३१ जनवरी – बिहीबार – पहिलो टि-२०आई

१ फेब्रुअरी – शुक्रबार – दोस्रो टि-२०आई

३ फेब्रुअरी – आइतबार – तेस्रो टि-२०आई

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.