7 years ago
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१८ नेपाली क्रिकेटका लागि एक ऐतिहासिक र सफल बर्षका रुपमा सकिँदैछ । डिभिजन २ बाट सुरु भएको नेपालको यात्रा वान डे अन्तर्राष्ट्रियमा डेब्यूसम्म पुग्यो ।
टोलीका रुपमा त नेपाल सफल भयो नै युवा स्पिनर सन्दीप लामिछानेको आईपीएल देखी बिग ब्यास सम्मको अन्तर्राष्ट्रिय व्यवसायिक यात्राले पनि नेपाली क्रिकेट जगतलाई विशेष क्षण दियो । दुर्भाग्यवश नेपाल क्रिकेट संघ ( क्यान) आईसीसीलेको निलम्बनबाट यस वर्ष पनि फुकुवा हुन सकेन । नामिबियामा फेब्रुअरीबाट डिभिजन २ प्रतियोगिता खेल्दै सन् २०१८ को सुरुवात गरेको नेपालले अक्टोबारमा मलेसियामा सम्पन्न आईसीसी विश्व टी–२० एसिया ‘बी’ को च्याम्पियन हुँदै समाप्त गर्यो ।
समग्रमा २०१८ मा नेपाली क्रिकेट टिमका ५ उत्कृष्ट क्षण यस्ता रहे:
क्यानडाविरुद्ध नाटकीय जित
सन् २०१८ को फेब्रुअरीमा आईसीसी डिभिजन २ नामिबियामा चलिरहेको थियो । नेपालसहित यूएई, क्यानडा, नामिबिया, केन्या र ओमान सहभागि रहेको प्रतियोगिताको शीर्ष दुई टोली जिम्बाबेमा हुने विश्वकप छनोट खेल्न पाउँथे । आईसीसी विश्व क्रिकेट च्याम्पियनसिप लिग २०१५–१७ मा शीर्ष चारमा पर्न नसकेपछि घटुवा हुँदै नेपाल डिभिजन २ मा पुगेको थियो ।
नेपालले सुरुवाती चार खेलमा ३ मा जित र १ मा हार बेहोरेपछि क्यानडासँगको खेलनै अघिल्लो चरण निर्णायक हुने अवस्थामा पुग्यो । क्यानडासँग हारे नेपाल डिभिजन २ मा रहेर चार वर्ष अन्तर्राष्ट्रिय क्रिकेट अन्धकारतर्फ धकेलिने निश्चित थियो । जुन मार्गमा नेपाल जान चाहाँदैनथ्यो । गर वा मर अवस्थामा टस हारेर ब्याटिङ्ग थालेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाउन सक्यो । १ सय ९५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपाल ४३ ओभमा १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाएर हारनजिक पुग्यो । जुन अवस्थामा नेपाललाई जितको लागि ५१ रन आवश्यक थियो ।
अन्तिम विकेटका रुपमा क्रिजमा करण केसी र सन्दीप लामिछाने थिए । दुवै बलर भएकोलेपनि उक्त लक्ष्य पुरा गर्नेमा कुनै आसा थिएन । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण फ्यान, शुभचिन्तकले मात्र होइन ड्रेसिङ रुममा रहेका खेलाडी र प्रशिक्षकले पनि जितको आसा मारिसकेका थिए । बाउन्ड्री (चौका) लाइन भन्दा बाहिर क्यानडाका खेलाडी जितको खुसि मनाउन सुरु गरिसकेका थिए ।
तर करणले जादुमय नाटकीय ब्याटिङ गर्दै नेपाललाई अन्तिम बलमा एक विकेटको सनसनिपूर्ण जित दिलाए र जिम्बाबेमा हुने विश्वकप छनोटको लागि टिकट पनि पक्का गरे । २०१८ मात्र नभएर सधैं भरी यो नतिजा अविस्मरणीय र विश्व क्रिकेटमा पनि उदाहरणीय बनिरहने छ ।
वान डे मान्यता
डिभिजन २ मा शीर्षस्थानमा रहेर एकदिवसिय विश्वकप खेल्न नेपाल मार्चमा जिम्बाबे भ्रमणमा निस्कीयो । छनोट खेल्न जाने जो कोहि टिमको सपना विश्वकप खेल्ने हुन्छ तर नेपालको उद्देश्य विश्वकप नभएर वान डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गर्नु थियो । नेपाली क्रिकेटलाई थुप्रै सुनौला अवसर प्राप्त गर्न जसरी पनि खेलाडी ओडीआई मान्यता दिलाउने सोचमा थिए । १० देश सहभागीता रहेको उक्त प्रतियोगिताबाट शीर्ष दुई टोली इंग्ल्यान्डमा हुने वान डे विश्वकप खेल्न पाउँथे ।
वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान र आयरल्यान्ड जस्ता टेस्ट राष्ट्रका अगाडी नेपाल विश्वकप खेल्छ भन्नु पनि एकादेशको कथा जस्तै थियो । पहिलो खेलमै नेपाल जिम्बाबेसँग १ सय १६ रनले पराजित भयो । स्टकल्यान्डसँग ४ र अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपालको अघिल्लो चरणको ढोका लगभग बन्द भईसकेको थियो । सास हुन सम्म आस राख्नु भने जस्तै हङकङले नाटकीय रुपमा अफगानिस्तानलाई ३० रनले हराएपछि नेपालको झिनो अंक गणितीय आसा पुन पलायो ।
अन्तिम खेलमा हङकङलाई फराकिलो अन्तरले पराजित गर्न सके नेपालको सुपर सिक्सको झिनो अंक गाणितीय संभावना कायमै देखिन्थ्यो । फराकिलो जित निकाल्न नसकेपनि ५ विकेटले पराजित गर्दै वान डे मान्यताको आसा भने कायमै राख्यो । नेपालको जितले अफगानिस्तानको भाग्य चम्कियो र सुपर सिक्समा प्रवेश गर्यो । प्ले अफमा पप्पुवान्युगिलाई पराजित गरे र उता नेदरल्यान्डले हङकङलाई हराए नेपालले सोझै चार वर्षको लागि वानडे मान्यता पाउथ्यो । नतिजा पनि नेपालकै पक्षमा आयो ।
नेपालले पपुवा न्यू गिनीलाई ६ विकेटले हराउँदा हङकङ नेदरल्यान्डसँग ४४ रनले पराजित भयो र नेपालले मार्च १५ मा पहिलो पटक चार वर्षको लागि वान डे मान्यता प्राप्त गर्दै इतिहास रच्न सफल भयो । इतिहास मात्र होइन नेपालको सपना पनि पुरा भयो । सन् २०१८ मार्च १५ नेपाली क्रिकेटको लागि यस वर्षको लागि सबै भन्दाबढि खुसी र अविस्मरणीय क्षण हो । यद्यपी क्यान आईसीसीको निलम्बनमा रहेको अवस्थामा नेपालले वान डे मान्यता कतिसम्म सदुपयोग गर्न सक्छ भन्ने चिन्ता थपिएको छ ।
रोमांचक ओडीआई सिरिज डेब्यू
मार्चमा वान डे मान्यता पाएको नेपालको डेब्यू भने अगस्ट १ मा नेदरल्यान्डसँग गर्यो । डेब्यू खेलमै नेपाल ५५ रनले पराजित भयो । १ सय ९० रनको लक्ष्य पक्ष्याएको नेपाल १ सय ३४ रनमा समेटियो । अगस्ट ३ मा भने दोस्रो तथा अन्तिम खेलमा नेदरल्यान्डमाथि १ रनको रोमान्चक जित निकाल्दै पहिलो वान डे जित आत्मसात गर्न सफल भयो । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले पारस खड्का ५१ र सोमपाल कामीले ६१ रन बनाएपछि निर्धारित ५० ओभरमा २ सय १६ रन बनाउदै नेदरल्यान्डसामु मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा २ सय १७ रनको लक्ष्य पक्ष्याएको नेदरल्यान्ड्सलाई ५० ओभरमा २ सय १५ रनमा रोक्दै नेपालले रोमान्चक जित निकालेको थियो । अन्तिम ओभरमा ६ रन चाहिँएको अवस्थामा कप्तान पारस खड्काले ५ रन खर्चेर फ्रेड क्लासेनलाई अन्तिम बलमा रन आउट गर्दै जित दिलाए । जुन २०१८ मा नेपाली क्रिकेटका लागि उत्कृष्ट क्षण हो ।
लर्ड्समा नेपाल, एमसीसी र नेदरल्यान्डबीचको त्रिकोणात्मक टी-२० श्रृंखला
जो कोही क्रिकेट खेलाडीलाई पनि लर्ड्समा खेल्ने इच्छा र सपना हुन्छ । त्यसमा पनि एसोसिएट राष्ट्र र खेलाडीले लर्ड्समा बिरलै मात्र खेल्न पाउछन् । हुन त नेपालका लागि लर्ड्स नौलो भने थिएन । सन् २०१६ मा नेपालले पहिलो पटक लर्ड्समा खेलिसकेको थियो । जुलाई २९ मा वर्षाले प्रभावित खेलमा नेपाल र एमसीसीबीचको खेल ६ ओभरमा झारियो । उक्त खेलमा नेपालले एमसीसीलाई ९ विकेटल पराजित गर्यो ।
दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्डले १६.४ ओभरमा १ सय ७४ रन बनाउन ४ विकेट गुमाएको अवस्थामा वर्षा खेल रोकियो । लामो समयको प्रतिक्षा र फेरी खेल सुरु हुन लागेको बेला पानी पर्न थालेपछि खेल रद्द भएको थियो । खेल वर्षाले प्रभावित बनेपनि नेपाली क्रिकेट, खेलाडी, समर्थक र शुभचिन्तकलाई भने २०१८ यो श्रृंखला ऐतिहासिक क्षण बन्न पुग्यो ।
आईसीसी विश्व टी-२० एसिया क्षेत्र छनोट ‘बी’ च्याम्पियन
उपाधि भनेको उपाधि नै हो । चाहे त्यो सानो होस वा ठूलो । २०१८ अक्टोबरमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा जितेको उपाधिनै आईसीसी वोल्ड टी २० एसिया रिजन क्यालिफायर बी हो । तुलानात्मक रुपमा नेपालले क्रिकेट खेल्ने भन्दापनि सिकाउने जस्ता देशसँग प्रतिस्पर्धा गरेको प्रतियोगितामा सिंगापुर, मलेसिया, भुटान, म्यानमार, चीन र थाइल्यान्डलाई पछि पार्दै च्याम्पियन बनेको थियो ।
प्रतिस्पर्धी टोली अनुसार नेपालले उपाधि जित्नु कुनै ठूलो कुरा भने थिएन । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको पहिलो खुड्किलोको रुपमा हेरिएको उक्त प्रतियोगिता जित्दै २०१८ को अन्त्य गर्नु नेपाली क्रिकेटको लागि २०१८ को सुखद बिदाई रहयो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]