7 years ago
December 26, 2018
एजेन्सी – मेलबर्नमा बुधबारबाट सुरु भएको अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो दिनको खेल सकिँदा भारत विशाल योगफल तर्फ लम्केको छ ।
पहिलो दिनको खेल सकिँदा भारतले ८९ ओभरमा २ सय १५ रन बनाउँदै दुई विकेट मात्र गुमाएको छ । भारतका चेतेश्वर पुजारा ६८ र कप्तान विराट कोहली ४७ रनमा नट आउट छन् । पुजारा २ सय बलमा ६ चौका प्रहार गरेका छन् । कोहली र पुजाराले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गरि सकेका छन् ।
त्यसअघि डेब्यू गरेका मयंक अग्रवालले सानदार ब्याटिङ गरे । ५५ औं ओभरमा प्याट कमिन्सले टिम पेनको हातबाट क्याच गराउनु अघि अग्रवालले ७६ रन जोडेका थिए । उनले १ सय ६१ बलमा ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर हनुमा विहारी ६६ बलमा ८ रन बनाउदै आउट भए । विहारी र अग्रवालले पहिलो विकेटका लागि १९ ओभरमा ४० रन साझेदारी गरेका थिए ।
अष्ट्रेलियाका लागि प्याट कमिन्सले २ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । यस अघि पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रो खेलमा १ सय ४६ रनले पराजित भएको थियो । चार टेस्टको श्रृंखला १ – १ को बराबरीमा रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]