7 years ago
December 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर गत मार्च १५ मा चार वर्षको लागि वान डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो ।
अगस्ट १ मा नेदरल्यान्डसँग ओडीआई डेब्यू गरेको नेपालले हालसम्म ३ खेल मात्र खेलेको छ । नेदरल्यान्डसँग २ र युएईसँग १ ओडीआई म्याच खेलिसकेकोछ । त्यस्तै जनवरी २५ देखी २८ सम्म यूएईसँग ३ वान डे खेल उसैको घरेलु मैदानमा खेल्ने छ । युएईसँग ३ खेलपछि नेपाल आईसीसीको विश्व वान डे वरियतामा पनि आउने छ ।
नेपालबाट वान डे क्रिकेटमा सर्वाधिक रन बनाउने ३ खेलाडी :
१. दिपेन्द्रसिंह ऐरी
दिपेन्द्र सिंह ऐरी नेपालबाट वान डे क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । मिडिल अडरका भरपर्दा युवा खेलाडी ऐरीले ३ वान डे खेलमा ९२ रन जोडेका छन् । ७१.३१ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ७ चौका र १ छक्का प्रहार गरेका छन् । उनले नेदरल्यान्डसाग डेब्यूमा ३३ र दोस्रो खेलमा १९ रन जोडे । त्यस्तै युएईविरुद्ध ४० रन बटुलेका थिए ।
२. सोमपाल कामी
तीव्र गतिसँगै तल्लोक्रममा ब्याटिङ गर्ने सोमपाल कामी ओडीआई क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो नेपाली खेलाडी हुन् । उनले ३ खेलमा ९८.८७ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ८८ रन जोडेका छन् । ४ छक्का र ६ चौका उनको कुल रनमा समावेश छ । डेब्यू खेलमा नेदरल्यान्डसाग डक आउट हुन पुगेका सोमपालले दोस्रो खेलमा ६१ रन जोडे । युएईसागको खेलमा २७ रनमा नट आउट रहे ।
३. पारस खड्का
कप्तान पारस खड्का सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् । पारसले ३ वान डे मा ७९ रन जोडेका छन् । जस्मा १० चौका र २ छक्का समावेश छ । ७१.८१ स्ट्राइकरेटमा ब्याटिङ गरेका पारसले नेदरल्यान्डसाग डेब्यूमा १२ र दोस्रो खेलमा ५१ रन प्रहार गरे । युएईसाग पारसले १६ रन मात्र बनाउन सके ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]