default_image

7 years ago

December 27, 2018

सन्दीपलाई शीर्षस्थानमा उक्लिने उक्लने अवसर

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेलेको टोली मेलवर्न स्टारले बिग ब्यासमा तेस्रो खेल आज खेल्दै छ । मेलवर्नले सिड्नी सिक्सर्ससँग खेल्ने छ । खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट सिड्नीमा चल्ने छ ।

मेलबर्न हालसम्म दुवै खेलमा पराजित हुँदा सिड्नीले समान खेलमा १ मा जित र १ मा हारको नतिजा दर्ता गरेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मेलवर्न पहिलो जितको खोजिमा हुने छ । त्यस्तै सिड्नी दोस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ ।

डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध ४ ओभरमा ३६ रन खर्चिएर २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सबीरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा छैटौं स्थानमा छन् । २ खेलमा डानियर स्याम्स ६ विकेट लिदै शीर्ष स्थानमा रहेका छन् ।

सन्दीपले आजको खेलमा १ भन्दाबढि विकेट लिन सके सैम्स, राशिद खान, जोफ्रा आर्चर जस्ता खेलाडीलाई पछिपार्दै शिर्ष स्थानमा उक्लिनेछन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.