default_image

7 years ago

December 27, 2018

सन्दीपको घातक बलिङ, बने सर्वाधिक विकेट लिने खेलाडी

110 views

0 Bookmark

एजेन्सी – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले बिग ब्यासमा आफ्नो तेस्रो खेल घातक बलिङ गरेका छन् । सन्दीपले सिड्नी सिक्सर्सबीरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका छन् ।

सिड्नीमा टस जितेर पहिला बलिङ रोजेको मेलवर्न स्टारले सन्दीपलाई ७ औं ओभरमा बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा ४ रन मात्र खर्चिए । त्यस्तै ९ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले १ विकेट लिदै पुन ४ रन खर्चिए ।सन्दीपले ८.२ ओभरमा सिड्नीका कप्तान समेत रहेका मोइशेस हेनरिकलाई ९ रनमा एलि डब्लू आउट गरे ।

सन्दीप आफ्नो तेस्रो स्पेल लिएर १२ औं ओभरमा बलिङ गर्न आएका थिए । १२ औं ओभरको अन्तिम बलमा सन्दीपले टम कुरेनलाई २ रनमा एली डब्लू आउट गर्दै पेभेलियन फर्काए । यस ओभरमा सन्दीपले ३ रन मात्र खर्चिए ।

१४ औं ओभरमा सन्दीपले दुई लेग वाई सहित ९ रन खर्चदै आफ्नो स्पेल सकाए । सन्दीपले यस ओभरमा एक चौका खाएका थिए । यो दुई विकेटसँगै सन्दीप विग ब्यासमा ३ खेलमा ७ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शिर्ष स्थानमा उक्लिएका छन् ।

सिड्नीले १६ ओभरमा ९८ रन बनाउन ६ विकेट गुमाएको छ । डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध ४ ओभरमा ३६ रन खर्चिएर २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सविरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.