7 years ago
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दिप लामिछाने र ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्बको उत्कृष्ट प्रदर्शनमा मेलवर्न स्टार्सले विग ब्यास लिगमा पहिलो जित निकालेको छ ।
बिहीबार सिड्नी सिक्सर्सलाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो । १ सय ३१ रनको लक्ष्य पक्ष्याएको मेलबर्नले पिटर हृयान्डस्कम्बको अर्धशतकमा १४.५ ओभरमा ५ विकेटको क्षतिमा सहजै पुरा गर्यो । मेलवर्नलाई सहज जिताउन ह्यान्ड्सकम्बले ३५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ७० रन बनाए ।
कप्तान ग्लेन म्याक्सवेल ८, मार्कस स्टोइनिस १०, निक लार्किनले २० र ड्वेन ब्राभ्रो ९ रनको योगदान दिए । सिक्सर्सका बेन ड्वार्सियसले ३ र स्टिभ ओ’कीफले दुई विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले सन्दीप लामिछानेको घातक बलिङमा २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रनमा समेटिएको थियो । सिड्नीका सन एबोट २२, जोर्डन सिल्क ४१, ड्यानियल ह्युज्स २० र जो डेनलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । मेलवर्नका लागि ज्याक्स कोलमनले ३, सन्दीप लामिछाने र ड्वेन ब्राभ्रोले समान दुई विकेट लिए । त्यस्तै एडम जम्पा र ग्लेन म्यासवेलको नाममा पनि समान एक विकेट रह्यो । सन्दीपले ४ ओभरमा १८ रन खर्चिएका थिए ।
पहिलो खेलमा सिड्नी थन्डरसँग १५ रनले पराजित भएको मेलवर्न दोस्रो खेलमा होबार्ट हरिकेन्ससँग ६ विकेटले पराजित भएको थियो । सन्दीपको टिम मेलवर्नले मंगलबार मेलबर्न रेनेगेड्ससँग खेल्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]