default_image

7 years ago

December 29, 2018

भारतविरुद्ध अष्ट्रेलिया हारको संघारमा

153 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको चौथो दिनको खेल सकिँदा पाहुना टोली भारत जित नजिक पुगेको छ । ३ सय ९९ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली अष्ट्रेलिया चौथो दिनको खेल सकिदा ८५ ओभरमा २ सय ५८ रन बनाउन ८ विकेट गुमाएको छ ।

अष्ट्रेलियालाई जितको लागि पाँचौ दिन १ सय ४१ रन बनाउनु पर्ने हुन्छ तर हातमा २ विकेट मात्र छ । अष्ट्रेलियाका लागि तल्लो क्रमका ब्याट्सम्यान प्याट कमिन्सले करियरकै उत्कृष्ट प्रर्दशन गरे। उनले १ सय ३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६१ रनमा नट आउट छन् । त्यस्तै नाथन लायनले ३८ बलमा ६ रन बनाई साथ दिएका छन् ।

त्यस अघि अष्ट्रेलियाका उस्मान खवाजा ३३, शन मार्श ४४ र ट्रविस हेड ३४, टिम पेन २६, मिचेल स्टार्क १८ र मिचेल मार्श १० रनमा आउट भए । भारतका लागि रविन्द्र जडेजा ३ र जसप्रित बुमराह र मोहम्मद शामीले समान दुई विकेट लिएका छन् । त्यस्तै इशान्त शर्माको नाममा पनि १ विकेट रह्यो ।

शनिबारनै ५४ रन बनाउन ५ विकेट गुमाएको अवस्थाबाट खेल्न सुरु भएको भारतले १ सय ६ रन बनाउन ८ विकेट गुमाएको अवस्थानमा दोस्रो पाली समाप्त गरेको जनाएको थियो । भारतका लागि मयांक अग्रवाल ४२ र ऋषव पन्त ३३,हनुमा विहारी १३, अजिंक्या रहाणे १, रोहित शर्मा र रविन्द्र जडेजा समान ५ रनमा आउट हुँदा कप्तान विराट कोहली, चेतेश्वर पुजारा र मोहम्मद शामीले खाता सम्म खोल्न पाएनन् ।

अष्ट्रेलियाका लागि प्याट कमिन्सले ११ ओभरमा ३ मेडन सहित २७ रन खर्चेर ६ विकेट लिदा जोश हेजलवुडको नाममा दुई रह्यो ।

 

तेस्रो दिन अष्ट्रेलिया ६६.५ ओभरमा अल आउट हुदैँ १ सय ५१ रनमा समेटिदा पहिलो इनिङसमा २ सय ९२ रनलेपछि परेको थियो । अष्ट्रेलियाका लागि ओपनर मार्कस ह्यारिस र कप्तान टिम पेनले समान २२ रन बनाउँदा उस्मान खवाजा २१,शन मार्श १९, ट्रविस हेड २० र प्याट कमिन्सले १७ रन जोड्न सके ।

अन्य बाट्सम्यानको ब्याटबाट सम्झन योग्य रन निस्कन सकेन । अष्ट्रेलियालाई सस्तैमा रोक्न भारतका तीब्र गतिका बलर जसप्रित बुमराहले ६ विकेट लिए । रविन्द्र जडेजा २, मोहम्मद शामी र इसान्त शर्माको नाममा पनि समान एक विकेट रह्यो।

त्यस अघि भारतले १६९-४ ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४३ रनमा इनिङ्स समाप्तीको घोषणा गरेको थियो । भारतका लागि चेतेश्वर पुजाराले शतक, मंयाक अग्रवाल,विराट कोहली र रोहित शर्माले अर्ध शतकको योगदान दिएका थिए ।करियरको १७ औँ शतक पुरा गरेका पुजाराले ३ सय १९ बलमा १० चौका प्रहार गर्दै १०६ रन बटुले ।

पुजारालाई १२५-४ ओभरमा प्याट कमिन्सले बोल्ड गरेका थिए । विराट कोहलीले २०४ बलमा ९ चौका प्रहार गर्दै ८२ रन बनाए । रोहित शर्मा ६३ रनमा नट रहँदा ऋषव पन्त ३९, अजिंक्या रहाणे ३४ र रविन्द्र जडेजा ४ रनमा आउट हुन पुगे ।

पहिलो दिन ओपनर मंयाक अग्रवालले ७६ र हनुमावा विराहीले ८ रन बनाएका थिए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ३,मिचेल स्टार्क २,लाथन लायन र जोश हेजलवुडले समान एक विकेट लिए । चार टेस्टको श्रृंखलामा पहिलो खेलमा भारत ३१ रनले विजयी हुँदा दोस्रो खेलमा १ सय ४६ रनले पराजित भएको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.