7 years ago
December 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्लले सञ्चालन गरेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको दशौं वर्षको अवसरमा विभिन्न खेलाडीहरुलाई सम्मानित गरेको छ ।
केसीटिसीले शनिबार राजधानीमा एक कार्यक्रमबीच केसीटिसीबाट क्रिकेट करियर सुरु गरेका यु–१६, यु–१९, राष्ट्रिय टोली तथा महिला राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई सम्मानित गरेको थियो । त्यस्तै केसिटिसीले स्थापना देखि हालसम्म सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई पनि सोही अवसरमा सम्मान गरेको थियो । उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सञ्चालक ज्ञानेन्द्र मल्ल लगायतले सम्मानित गरे ।
केसीटिसीका सञ्चालक तथा नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो इच्छा नहुँदै स्थापना भएको केसीटिसीको दशौं वर्षमा प्रवेश गरेको खुशीयाली मनाउन पाउँदा गर्वको विषय रहेको बताए । ‘केसीटिसी सञ्चालन गर्ने मेरो इच्छा थिएन । फाउन्डर चियरम्यान रवि दाईको चाहनामा केसीटिसी स्थापना भएको हो । वहाँलाई आफ्नो छोरालाई क्रिकेटर बनाउने चाहना रहेछ,’ सञ्चालक मल्लले भने, ‘उहाँले पछि आफ्नै लागि पनि राम्रो हुन्छ, स्थापना गर्दा केही फरक पर्दैन भन्नुभएको थियो । त्यसैले स्थापना गर्ने जमर्काे गरेका थियौं । अहिले १० वर्षमा प्रवेश गरेको छ । कति छिट्टै १० वर्ष पुगे जस्तो लाग्छ ।’
काठमाडौंमा क्रिकेट कल्चर नभएको अवस्थामा केसीटिसीको स्थापनाले विस्तारै क्रिकेट कल्चर बसाएको बताए । ‘केसीटिसीबाट धेरै राम्रा खेलाडीहरु उत्पादन भएको छ । ८–१० जना राष्ट्रिय टिमबाटै प्रतिनिधित्व गर्न सक्ने प्रतिभावान खेलाडीहरु छन्,’ मल्लले भने, ‘यो सुरुवात हो । गर्न धेरै बाँकी छ । क्रिकेट कल्चर नभएको अवस्थामा केसीटिसीले क्रिकेट खेल्न र सिक्न चाहनेलाई प्लेटफर्म दिएको छ ।’
मल्लले सुरुको ५ वर्ष केसीटिसी चलाउन निकै गाह्रो भएर बन्द हुने अवस्थामा पुगेपनि पछिल्लो समय सञ्चालन गर्न सहज हुदै गएको बताए । ‘सुरुवात चुनौतीपूर्ण रहेको थियो । अहिले राम्रो हुदै आएको छ । क्रिकेटमा कन्ट्रिब्युसन गर्न पाएको छु । यसमै खुशी छु,’ ज्ञानेन्द्रले भने, ‘१० वर्षको अवधिमा १ हजार भन्दा बढिले यहाँबाट केही न केही सिकेर गएका छन् । अहिले सेसन अनुसार हुदा १ सय भन्दा बढी नियमित प्रशिक्षण गरिहेका छन् ।’ उनले केसीटिसीको विस्तारै एकेडेमीको अवधारणमा जाने लक्ष्य रहको योजना सुनाए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]