default_image

7 years ago

December 30, 2018

आईपीएल २०१९ मा सर्वाधिक बलिया यी ३ टिम

164 views

0 Bookmark

एजेन्सी –  इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संकरणको मार्च २९ देखी सुरु हुँदैछ । यस सिजनको लागि अक्सन पनि जयपुरमा गत साता नै सम्पन्न भइसकेको छ ।

अक्सनमा ४० भारतीय र २० विदेशी खेलाडीलाई ८ टिमले किनेका छन् । टिम बलियो बनाउन र उपाधि जित्ने लक्ष्य सहित हरेक टिमले स्टार र युवा खेलाडी अनुबन्ध गरेका छन् । यस पटकको अक्सनमा जयदेव उनादकट र वरुण चक्रवर्ती सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भए । वरुणलाई किंग्स इलाभेन पञ्जाब र उनदकटलाई राजस्थान रोयल्सले समान ८ करोड ४० लाख रुपैयाँ खर्चिए। त्यस्तै इंग्ल्यान्डका युवा अलराउण्डर साम करनमाथि पञ्जाबले ७ करोड २० लाख रुपैयाँ खर्चियो । हरेक प्रतियोगितामा कुन टिम कस्तो छ भन्ने त्यो टिममा रहेका खेलाडीहरु हेरेर अनुमान गर्न सकिन्छ ।

यस कारण २०१९ मा आईपीएलमा यी ३ टिम सवैभन्दा बलिया छन् :

सनराइजर्स हैदरावाद :

हैदरावाद गत वर्षको उपविजेता टोली हो। गत वर्ष केन विलियम्सनले कप्तानी समालेको हैदरावदमा यस पटक अष्ट्रेलियाका डेविड वार्नर पनि खेल्ने छन् । वार्नरले गतवर्ष बल टेम्पिरिङ काण्डका कारण खेल्न पाएनन् । शिखर धवन दिल्ली क्यापिटल्समा जादा न्युजिल्यान्डका विष्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिललाई अनुबन्ध गरेको छ । त्यस्तै उत्कृष्ट लयमा रहेका इंग्ल्यान्डका जोनी बेरस्टोको अनुबन्धले हैदराबाद झनै बलियो देखिन्छ । त्यस्तै विश्वका नम्बर वान बलर राशिद खान पनि हैदराबादमै छन् । ८ टिममा हैदरावाद सबैभन्दा बलियो र सन्तुलन टिम हो ।

हैदराबादले सन् २०१६ को च्याम्पियन टिम हो। भुवनेश्वर कुमार, सन्दीप शर्मा, खलिल अहमदको साथै नम्बर वान अलराउण्डर सकिब अल हसन पनि हैदराबादमै छन् । जस्को कारण हैदराबाद उपाधिको प्रमुख दावेदार र यस संस्करणको बलियो टिम हो ।

हैदरावादको टिम :
डेविड वार्नर, केन विलियम्सन,राशिद खान,मोहम्मद नाबी,शाकिब अल हसन,रिद्धिमान शाह,जोनी बेयरस्टो,मार्टिन गुप्टिल,भुवनेश्वर कुमार,बिली स्टैनलेक,दीपक हुड्डा,बेसिल थन्पी,मनीष पान्डे,टी नटराजन,रिकी भुई,सन्दीप शर्मा,सिद्धार्थ कौल, श्रीवत्स गोस्वामी,खलील अहमिद र यूसुफ पठान ।

मुम्बई इन्डियन्स

चेन्नाई सुपर किंग्सपछि मुम्बई आईपीएलमा सर्वाधिक सफल टिम हो । मुम्बईले ३ पटक उपाधि जित्दा १ पटक फाइनलमा पगुेको छ। गत संकरणमा भने मुम्बईले राम्रो प्रर्दशन गर्न सकेन । समुह चरणबाटै बाहिरियो ।

तर यस पटक मुम्बई बलियो टिम देखिएको छ। रोहित शर्मा कप्तान रहेको मुम्बईले युवराज सिंहलाई टोलीमा भित्र्याएको छ । मुम्बईमा बलियो हुनुमा हार्दिक पान्ड्या,कुनाल पान्ड्या किरान पोलार्ड जस्ता स्टार अलराउण्डर खेलाडी छन् । त्यस्तै योर्कर फाल्न सिपालु विश्वका स्टार बलर जसप्रित बुमराह मुम्बईम मुख्य हतियार हुन् । त्यस्तै लाथिस मलिङ्गा,क्विटन डी काँक,एविन लुईस,बेन कटिन र इशान किशान पनि मुख्य हतियार हुन् । जस्को करण मुम्बई बलियो र उपाधिको दावेदार टिम मान्न सकिन्छ ।

मुम्बईको टिम :
रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या,जसप्रीत बुमराह,क्रुणाल पान्ड्या,ईशान किशन,सूर्यकुमार यादव,मयंक मार्कडेंय,राहुल चहर,अनुकूल रोय,सिद्धेश लाड,आदित्य तरे,क्विटन डी कॉक,एविन लुईस,किरोन पोलार्ड,बेन कटिंग,मिचेल मैक्लेनेघन,एडम मिल्ने र जेसन बेहरनडॉर्फ, युवराज सिंह,अनमोलप्रीत सिंह,लसिथ मलिङ्गा,बरिंदर सरन,पंकज जैसवाल,रसिख डार।

रोयल च्यालेन्जर बेंगलोर

विराटकोहली कप्तान रहेको बङ्लोर ११ संकरणको आईपीएल सकिदा उपाधि जित्न सकेको छैन । ३ पटक फाइनलमा पुगेको छ । यस पटक बेंगलोरलाई बलियो टिम मान्न सकिन्छ ।अक्सन अघि बेंगलोरले बे्रन्डम म्याकुलम,क्रिस वोक्स, सरफराज खान र मनदिप सिंहलाई रिलिज गरेर श्रिमण हेटमाएर,हेनरिक्स क्लासेन र शिवम दूबे जस्ता खेलाडी किनेको छ । दूबे भारतीय घरेलु लिगमा सानदार प्रर्दशन गर्दै आएका छन् भने हेटमाएर वेस्ट इन्डिज र क्लासने दक्षिण अफ्रिकाबाट उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।

बेंगलोरमा कोहलीसँगै एवी डी भिलियर्स,युवेन्द्र चाहाल,उमेश यादव,टिम साउदी,कोलिन डी ग्रान्डहोम जस्ता विश्वका स्टार खेलाडी छन् । त्यस्तै नाथन कुल्टन नाइल, मार्कस स्टोनिस, मोइन ओली पनि रामै लयमा छन् । त्यस्तैले पनि यस पटक बेंगलोर बलियो टिम बनेको छ ।

बेंगलोरको टिम : विराट कोहली (कप्तान), एबी डी भीलियर्स,पार्थिव पटेल,उमेश यादव,मोहम्मद सिराज,मार्कस स्टोइनिस, कुलवन्त खेजरोलिया,युजवेंद्र चहल,टिम साउदी,नाथन कूल्टर नाइल,मोइन अली,कोलिन डी ग्रान्डहोम,श्रिमण हेनमाएर,शिवम दुवे,मिलिंद कुमार,देवदत्त पदीकल,अक्षदीप नाथ,हिम्मत सिंह,प्गुरकीरत सिंहमान,हेनरिक क्लासेन र नवदीप सैनी।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.