default_image

7 years ago

December 30, 2018

ब्यान्क्रफ्टको प्रतिबन्ध हट्यो, स्मिथ र वार्नरको कहिले ?

130 views

0 Bookmark

एजेन्सी – गत वर्ष मार्चमा दक्षिण अफ्रीकाबीरुद्ध तेस्रो टेस्टमा बल टेम्परिङ काण्डका कारण ९ महिना प्रतिबन्धमा परेका विकेटकीपर तथा ब्याट्सम्यान क्यामरन ब्यान्क्रफ्टको प्रतिबन्ध आजबाट सकिएको छ । अव क्यामरनले बिग ब्यास हुदैँ अस्ट्रेलियाको टिमबाट खेल्ने छन् ।

ब्यान्क्रफ्ट बिग पर्थ स्कर्चर्सबाट खेल्ने छन् । पर्थले होबार्ट हरिकेन्ससँग आइतबार खेल्दै छ । क्यामरनले बल टेम्परिङ गरेको स्वीकार गरिसकेका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्ता अनुसार उप–कप्तान डेविड वार्नरले भनेर आफुले त्यो गल्ती गरेको बताएका छन् ।

स्मिथ र वार्नरको प्रतिबन्ध कहिले हट्छ ?

अस्ट्रेलियन क्रिकेट बोर्डले बल टेम्परिङ गरेको पुष्टि भएपछि तत्कालिन कप्तान स्टिभ स्मिथ र उप-कप्तान डेविड वार्नरलाई १ बर्ष तथा क्यामरनलाई ९ महिनाको प्रतिबन्ध लगाएको थियो । स्मिथ र वार्नरको प्रतिबन्ध हट्न अझै तीन महिना बाँकी छ । अर्थात मार्च ३० (चैत्र १६) बाट स्मिथ र वार्नरको प्रतिबन्ध सकिने छ । लगतै वार्नर र स्मिथले इन्डियन प्रिमियर लिग खेल्ने सम्भावना प्रबल छ ।

वार्नरलाई सनराइज हैदराबाद र स्मिथलाई राजस्थान रोयल्सले रिटेन गरि सकेको छ । अप्रिलमा हुने पाकिस्तानसँगको वान डे श्रृंखलाबाट वार्नर र स्मिथले टिममा कमब्याक गर्ने छन् । स्मिथ र वार्नर टिममा नहुँदा अस्ट्रेलियाले ४० वर्ष यताकै खराब प्रर्दशन गरेको छ । अष्ट्रेलिया क्रिकेट टिम, फ्यान र शुभचिन्तक पनि यी दुई खेलाडीको प्रतिबन्ध फुकुवाको पखाईमा छन् । स्मिथ र वार्नरले आफ्नो फम कायम राख्न विभिन्न फ्रेन्चाइज लिग खेल्दै आएका छन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.