7 years ago
December 31, 2018
मेलवर्न – एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको प्रायोजन र नेपालय इन्टरसेनसलको व्यवस्थापनमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका कप्तान पारस खड्कालाई मेलवर्न स्टारर्सले विग ब्यासमा सन्दीपको खेल हेर्न निम्तो दिएको छ ।
विग ब्यासमा सन्दीपले मेलवर्न स्टारबाट खेल्दै सानदार प्रर्दशन गरि रहेका छन् । प्रचार कार्यक्रममै रहेको बेला आज सन्दीपलाई भेट्न पारस मेलवर्नमा पुगेका थिए । मेलवर्नमा सन्दीप र पारसले केहि समयसँगै अभ्यास पनि गरे।
अभ्यासपछि एक कार्यक्रममा सन्दीपले पारसलाई आफ्नो जर्सि समेत दिएका छन् । यसै क्रममा क्रममा स्टार्सले पारसलाई मंगलबार हुने मेलबर्न रेनेगेड्ससँगको खेल आफ्नै बक्समा बसेर हेर्न निम्तो दिएको छ ।
पारस सहित दीपेन्द्र सिंह ऐरी र यू–१९ राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास प्रधान अष्ट्रेलियामा छन् । चौथो खेलमा सन्दीपको टिम स्टार्सले मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । रेनेगेड्ससँगको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सन्दीपले सन् २०१९ मा सानदार सुरुवात गर्ने आसा गरिएको छ ।
विग ब्यासमा सन्दीपको प्रर्दशन
विग ब्यासमा सन्दीपले सानदार प्रर्दशन गरि रहेका छन् । सन्दीपले सुरुवाती ३ खेलमा ७ विकेट लिदैँ सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् । सन्दीपले डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध २, होबार्ट हरिकेन्सविरुद्ध ३ र सिड्नी सिक्सर्सबीरुद्ध २ विकेट लिएका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]