7 years ago
January 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेलेको टोली मेलवर्न स्टारले बिग ब्यासमा मेलबर्न रेनेगेड्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट मेलवर्नमा चल्ने छ ।

रेनेगेड्सले बिग ब्यासमा ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक तालिकामा दोस्रो स्थानमा छ । त्यस्तै सन्दीपको टिम स्टार ३ खेलमा १ मा जित र २ मा हारका साथ पुछारबाट तेस्रो स्थानमा रहेको छ । सन्दीपले बिग ब्यासमा उत्कृष्ट प्रदर्शन गर्दै अाएका छन् । यो खेल हेर्न नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पनि मैदान पुग्ने कार्यक्रम रहेको छ ।
सन्दीप बंगलादेश जाने
सन्दीप आजको खेलपछि बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । विग ब्यासमा सानदार प्रर्दशन गरि रहेका सन्दीपले ३ खेलमा ७ विकेट लिई तहल्का पिटी रहेका छन् । तर सन्दीपले विग ब्यास भन्दा पहिला बंगलादेश प्रिमिएर लिगमा सिलहेट सिक्सर्ससँग सम्झौंता गरेको कारण बंगलादेश प्रिमियर लिग खेल्न जान लागेका हुन् ।
सन्दीपकोब्यवस्थापन हेर्दै आएका नेपाली टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले हाम्रो खेलकुदलाई दिएको जानकारी अनुसार सन्दीप जनवरी २(भोली) मा बंगलादेश जानेछन् । बंगलादेश प्रिमियर लिग आगामी जनावरी ५ गतेबाट शुरु हुने छ भने सन्दिपको टोली सिलहेट सिक्सर्सले पहिलो खेल कोमिला भिक्टोरियन्स बिरुद्ध जनावरी ६ मा खेल्ने छ । त्यस्तै सन्दीप बंगलादेशबाट युएई जाने छन् । युएई कति गते जाने भन्ने मिलाई रहेको र अझै फिक्स नभएको शिवाकोटीले जानकारी दिए ।
नेपाल र युएई बिच समान ३ ओडीआई र ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय सिरीज हुदैं छ । पहिलो ओडीआई खेल जनावरी २५ मा खेल्ने छ भने दोश्रो एकदिवसिय जनावरी २६ हुनेछ । नेपालले युएई बिरुद्धको तेश्रो तथा अन्तिम एकदिवसिय खेल जनावरी २८ मा खेल्ने छ । त्यस्तै नेपालले जनावरी ३१, फेब्रुअरी १ र फेब्रुअरी ३ मा गरेर तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दै युएई भ्रमण समाप्त गर्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]