default_image

7 years ago

January 1, 2019

मेलबर्न डर्बीमा सन्दिपको मध्यम प्रर्दशन

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो चौथो खेलमा मेलबर्न रेनेगेड्सविरुद्ध मध्यम बलिङ गरेका छन् ।

सन्दीपले रेनेगेड्सविरुद्ध ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिएका छन् । टस जितेर पहिला बलिङ थालेको स्टारले सन्दीपलाई चौथो ओभरमा बलिङ गर्न ल्याएको थियो । उक्त ओभरको चौथो र पाँचौ बलमा साम हार्परले चौका प्रहार गरेपछि पहिलो ओभरमा सन्दीपले ११ रन खर्चिन पुगे ।

दोस्रो स्पेलका रुपमा सन्दीपलाई कप्तान ग्लेन म्याक्सवेलले ११ औं ओभरमा ल्याएका थिए । यस ओभरको अन्तिम बलमा कप्तान टम कुपरलाई १० रनमा सन्दीपले बोल्ड गर्दिए र मात्र ४ रन खर्चेका थिए । त्यस्तै सन्दीपले १३ ओभरमा ८ रन खर्चिदा कुनै विकेट लिएनन् । आफ्नो अन्तिम स्पेल लिएर १७ ओभरमा बलिङ गर्न आएका सन्दीपले ९ रन खर्चिन पुगे । रेनेगेड्सले निर्धारित २० अोभरमा ९ विकेट गुमाएर १ सय ४८ रन जोड्यो ।

यसअघि सन्दीपले डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध २, होबार्ट हरिकेन्सविरुद्ध ३ र सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका थिए । यी तिनै टिमका कप्तान सन्दीपको शिकार बन्न पुगेका थिए । यो सँगै सन्दीप अव बंगलादेश प्रिमियर लिग खेल्न भोली बंगलादेश जाने छन् ।

विग ब्यासमा सानदार प्रर्दशन गरेका सन्दीपले ४ खेलमा कुल ८ विकेट लिए । सन्दीपले विग ब्यास भन्दा पहिला बंगलादेश प्रिमिएर लिगमा सिलहेट सिक्सर्ससँग सम्झौंता गरेको कारण बंगलादेश जान पर्ने भएको हो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.