default_image

7 years ago

January 2, 2019

आईपीएल २०१९ मा कमजोर ३ टिम

167 views

0 Bookmark

नयाँदिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण २०१९ मार्च २९ देखी सुरु हुनेछ । यद्यपी भारतमा हुन लागेको आम चुनावको कारण आईपीएल भारतबाहिर हुने सम्भावना पनि उत्तिकै छ । कहाँ हुने भन्ने अझै टुंगो लाग्न सकेको छैन ।

प्रतियोगितामा दिल्ली क्यापिटल्स, सनराईज हैंदरावाद, रोयल च्यालेन्चर बेङ्लोर, किंग्स इलाभने पञ्जाव,कोलकता नाइटराईडस, चेन्नइ सुपर किंग्स, मुम्बई इन्डियनस, राजिस्थान रोयल्स गरि आईपीएलमा ८ फेन्चाइज टोली छन् । आईपीएलमा एक टीममा अधिकतम २५ खेलाडी राख्न पाइन्छ । प्लेइङ ११ मा अधिकतम ४ विदेशी मात्र खेलाउन पाइने प्रावधान छ ।

कुनै पनि टोली कस्तो छ भन्ने त्यो टिममा रहेका खेलाडी र ती खेलाडीले पछिल्लो समय घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रर्दशनलाई हेरेर प्रतियोगिता अघिनै अनुमान गर्न सकिन्छ । जव कुनै टिममा केहि कमी कमजोरी र समस्या देखिन्छ भने त्यो टिम पक्कै कमजोर बन्न जान्छ । त्यस्तै सन् २०१९ को आईपीएलमा अन्य ५ टिमको तुलनामा यी ३ टोली कमजोर छन् ।

चेन्नई सुपर किंग्स

चेन्नई सुपर किंग्स आईपीएलमा सर्वाधिक सफल टोली हो । गत संस्करणको च्याम्पियन चेन्नई हालसम्म ३ पटक उपाधि जित्दा ४ पटक फाइनलमा पुगेको छ । तर यस पटक टोली पछिल्लो समयजस्तो भने छैन । चेन्नई कमजोर ठहरिनुको मुख्य कारण धेरै खेलाडी ढल्किँदो उमेर साथै खराब लयमा छन् । उस्का प्रमुख पाँच खेलाडी ३५ वर्ष भन्दामाथि छन् । महेन्द्रसिंह धोनी, हरभजन सिंह, इमरान ताहिर, ड्वेन बाभ्रो, शेन वाटसनको उमेर क्रमश : ३७, ३८,३९,३५,३७ वर्ष छ । धोनी, वाटसन, सुरेश रैना, हरभजन,ताहिर पछिल्लो एक वर्षमा खासै राम्रो लयमा छैनन् ।

महेन्द्रसिंह धोनी

पछिल्लो समय हरभजन सिंह कमेन्ट्रीतर्फ पनि लागेका छन् । दुई वर्ष अघिनै राष्ट्रिय  टिमबाट विश्राम लिईसकेका वाटसनले पछिल्लो एक वर्षमा फेन्चाइज लिगमा सन्तोषजनक प्रर्दशन गर्न सकेका छैन । खराब लयका कारण सर्वाधिक आलोचना खेपीरहेका धोनीपनि ढल्किँदो उमेरसँगै दिन प्रतिदिन खस्किँदो प्रर्दशन गरिरहेका छन् । रविन्द्र जडेजाको लय पनि त्यति राम्रो छैन । शार्दुल ठाकुर घाइते छन् । सुरेश रैना खराब लयका कारण भारतीय टिम बाहिर छन् । प्रमुख खेलाडीनै लयमा छैनन् भने त्यो टिमको प्रर्दशन कस्तो होला ? त्यसैले चेन्नई यस पटक कमजोर टिम मानिएको हो ।

चेन्नईको टिम : महेन्द्र सिंह धोनी (कप्तान), सुरेश रैना, फाफ डू प्लेसी, मुरली विजय, रविन्द्र जडेजा, साम बिलिंग्स, मिचेल सेन्टनर, डेविड विली, ड्वेन बाभ्रो, शेन वाटसन, लुन्गी एन्गिडी, इमरान ताहिर, केदार जाधव, अंबाती रायडू, हरभजन सिंह, शार्दुल ठाकुर, मोहित शर्मा, दीपक चाहर, के एम आसिफ, कर्ण शर्मा, ध्रुव शौरी, एन जगदीशन, मोनु कुमार, चैतन्य विश्नोई, रुतुराज गायकवाड ।

राजस्थान रोयल्स

सम्भवत यस सिजनमा सबैभन्दा कमजोर टिम राजस्थान रोयल्सनै होला । बेन स्टोक्स, स्टीभ स्मिथ, जोश बटलर, जयदेव उनादकट र र्इश सोधी बाहेक राजस्थानमा अनुभवी खेलाडी छैनन् । जोफ्रा आर्चर र ओशन थोमस पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रर्दशन गरेपनि लामो अनुभव छैन । अनुभवी खेलाडी अजिंक्य रहाणे टी– २० क्रिकेटमा त्यती राम्रो प्रर्दशन गर्न सक्दैनन् ।

स्टिभ स्मिथ

स्मिथको ब्याटिङ टेस्ट र वान डे मा सानदार रहेपनि टी- २० फर्म्याटमा खासै राम्रो मानिदैन । यी बाहेक राजस्थानमा स्टार र अनुभवी खेलाडीनै छैनन्, जस्को कारण यस सिजनमा राजस्थान कमजोर मानिएको हो । पहिलो संकरणको उपाधि जितेको राजस्थानले त्यस यता फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन ।

राजस्थानको टिम – स्टीभ स्मिथ, बेन स्टोक्स, जयदेव उनादकट,जोश बटलर, ईश सोढ़ी, जोफ्रा आर्चर, ओशेन थोमस, अजिंक्य रहाणे, सन्जू सैमसन, कृष्णप्पा गौतम, श्रेयस गोपाल, एस मिथुन, स्टुअर्ट बिन्नी, आर्यमन बिडला, प्रशान्त चोपड़ा, स्टुअर्ट बिन्नी, राहुल त्रिपाठी, धवल कुलकर्णी, महिपाल लोमरोड़ , वरुण आरोन, शशांक सिंह, शुभम रांजणे, मनन वोहरा, रियान प्रयाग, लिआम लिविंगस्टोन, एस्टन टर्नर।

दिल्ली क्यापिटल्स

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मेलित दिल्ली युवा खेलाडीमा निर्भर छ । अक्सनमा दिल्लीले सोचे भन्दा अली फरक खेलाडी किन्यो । स्टार खेलाडीको रुपमा दिल्लीले टेस्ट खेलाडी ईशान्त शर्मा र हनुमा विहारीलाई अनुबन्ध गर्न पुग्यो । दिल्लीमा यस पटक ओपनिङ, बलिङ सन्तुलन देखिएपनि मिडिल अडर मध्यम र फिनिसर भने कमजोर छ ।

सन्दीप लामिछाने

पछिल्लो एक वर्षमा टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बटुल्ने शिखर धवन ,युवा खेलाडी पृथ्वी शा र न्युजिल्यान्डका ओपनर कोलिन मुनरो, कप्तान श्रेयस अय्यर र विकेटकीपर ऋषभ पन्त दिल्लीका प्रमुख ब्याट्सम्यान हुन् । दिल्ली कमजोर मानिनुमा उसको फिनिसिङ राम्रो गर्न सक्ने खेलाडी छैनन् । हरेक टी-२० मा खेलमा फिनिसिङ राम्रो हुन सकेमात्र विपक्ष्य टोलीलाई गतिलो चुनौती पेश गर्न सक्दछ ।

दिल्लीले यस सिजनमा ग्लने म्याक्सवेललाई रिलिज गर्न पुगेको थियो । त्यहि अनुसार राम्रो खेलाडी किन्ने अनुमान गरिएपनि दिल्लीले त्यसको विपरीत खेलाडी अक्सनमा अनुबन्ध गर्यो । राम्रो सुरुवात भएपनि फिनिसिङ(अन्त्य) राम्रो हुन सकेन भने पक्कै पनि त्यो टिमले विपक्ष्यलाई गतिलो चुनौती पेश गर्न सक्दैन ।बलिङमा सन्दीप लामिछाने,अमित मिश्रा, ट्रेन्ट बोल्ट,कागिसो रवाडा प्रमुख हतियार हुनेछन् । दिल्ली अहिले सम्म आईपीएलको फाइनलमा पुग्न सकेको छैन । त्यसैको कारण दिल्ली डेयर डेभिल्स नाम परिवर्तन गरेर यसै सिजन देखी दिल्ली क्यापिटल्स राखेको छ ।

दिल्लीको टीम : श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, अमित मिश्रा, शिखर धवन, आवेश खान, हर्षल पटेल, राहुल तेवतिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, कगिसो रबाडा, सन्दीप लामिछाने, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, इशान्त शर्मा, अन्कुश बेन्स, नाथू सिंह, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड,कीमो पल, जलज सक्सेना।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.